एजेन्सी : यदि तपाई लण्डनमा कुनै पनि भागमा हिड्नुभयो भने धेरै राम्रा र चिल्ला होटेलहरु देख्नुहुन्छ। प्राय ती सबै होटेलमा कतारले आफ्नो लगानी गरेको पाइन्छ। विगत लामो समयदेखि कतारले बेलायतमा करिब ३५ बिलियन पाउण्डको लगानी गरेको छ जुन आगामी पाँच वर्षमा ४० बिलियन पाउण्डसम्म हुन आउने बीबीसीले उल्लेख गरेको छ।
बीबीसीका अनुसार कतारसँग जति जमिन छ, त्यति जमिन बेलायतकी महारानीसँग पनि छैन। साथै कतारले बेलायत मात्र नभइ अमेरिका लगायतका अन्य देशमा ३ सय ३५ बिलियन डलर लगानी गरेको छ।
यद्यपी आउने पाँचदेखि १० वर्षमा लगानीको यो गति केही कम हुने अनुमान लगाइएको छ। अब कतारले ३५ मिलियन अमेरिकी डलर थप लगानी गर्ने तयारी गरिरहेको छ।
प्रोपर्टी रिसर्च कम्पनीका अनुसार लण्डनमा कतारसँग ८ सय ७९ कमर्सियल तथा रेजिडेन्सियल सम्पत्ति छ। यसमध्ये २६ मिलियन स्वायरफीट जमिन कमर्सियल तर्फ आउने गर्दछ।
यो सम्पत्ति साम्राज्यको केन्द्रमा केनरी वार्फ ग्रुप रहेको छ जसलाई कतारले ब्रुक फिल्ड प्रोपर्टी पार्टनरसँग मिलेर सन् २०१५ मा २.६ बिलियन पाउण्डमा खरिद गरेको थियो।
उक्त ग्रुपसँग लण्डनको दक्षिणी बैंकमा बनाइएको सेल सेन्टर तथा २० फेनचर्च स्ट्रीट (वाकी टाकी विल्डिङ) रहेको छ।
यसका साथै लण्डनको सेवाय होटल १० प्रतिशतदेखि लिएर शार्ड होटेलमा ९५ प्रतिशत हिस्सा रहेको छ। भर्खरै मात्र कतारले हेरार्डस डिपार्टमेन्ट स्टोरलाई समेत १.६ बिलियन पाउण्डमा किनेको छ।
यस्तै कतारले इक्विपमेन्ट अथोरिटीको रियल स्टेट डेभलपमेन्ट युनिटले लण्डनको ग्रोसवेनर स्वायरमा रहेको एक अमेरिकी दूतावासलाई लग्जरी होटेलमा परिणत गर्न थालिसकेको छ।
यस्तै सन् २०२१ को ओलम्पिक एथलेट भिलेजको विकास तथा अन्य प्रडक्टमा काम गर्न करिब ४ हजार रेजिडेन्सियल युनिट्सलाई लिजमा दिने बताइएको छ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2sOfzP4
via IFTTT
0 comments:
Post a Comment