Photo of Milford Sound in New Zealand

बैतडी, असार १७ – प्रचण्ड गर्मी । पहाडको बाटो । एक गाउँदेखि अर्को गाउँ जान घण्टौं होइन, दुई दिनसम्म पनि लाग्थ्यो । चुनावको प्रचार गर्दा एक्लै जान समस्या थिएन । तर चुनावको प्रचार भन्दैमा ३ महिनाकी दुधे छोरीलाई छाडेर जान पनि सकिदैनथ्यो । पार्टीले विश्वास गरेर गाउँपालिकाको उपाध्यक्षमा लड्न टिकट त दियो ।

तर गाँउपालिकाको उपाध्यक्ष जित्न चुनावको प्रचार गरौँ की ३ महिने छोरीलाई हुर्काउ ? बैतडीको सुर्नया गाउँपालिकाको उपाध्यक्षमा विजयी लिला विष्टलाई चुनावी दौरानमा यस्ता थुप्रै समस्याले बेला बेला साह्रै पीडा दिन्थ्यो । तर अहिले यी सबै दुःखको फल लिलाले आफ्नै संघर्षबाट हात पार्नु भएको छ ।

विवाह गरेपछि घर सम्हाल्नुपर्छ । गाउँ गाउँ डुल्दै हिड्नुहुन्न भन्ने गाउँघरको पुरानो मान्यतालाई चिर्दै लिलाले गाउँपालिकाको उपाध्यक्षमा २३०४ मत ल्याएर विजयी भएपछि अहिले उहाँलाई बधाई दिनेको ओइरो लागेको छ । जेठ महिनाको गर्मी, असारको झरी र बर्षा नभनी ३ महिनाको छोरीलाइ पिठ्युमा बोक्दै घर घर पुगेर भोट माग्दाको क्षण सम्झिदै पनि धेरैले उहाँलाई अहिले आँटिली महिला भन्दै बधाई छ, भन्छन ।

यसरी आफुले गरेको दुःख सारा गाउँलेले बुझेर जिताएकोमा लिलालाई खुशी मात्रै होइन, ठुलो जिम्मेवारी पाएको बोध भएको छ । आफ्नो दुःखलाई आफ्नै सम्झी अमुल्य भोट दिएर जिताउने आफ्ना मतदाताको सेवा गर्ने लिलाको प्रण छ । ‘मैले गरेको दुःखलाई आफ्नै सम्झेर जिताउनुभयो’ उपाध्यक्षमा जितेपछि विष्टले भन्नुभयो ‘मलाई अमुल्य भोट दिएर जिताउने सबै मतदाताको सकेसम्म सबै सेवा गर्छु ।

गाउँको विकास भनेकै मतदाताको पीडा बुझ्नु र समस्याको समाधान त हो ।’ लामो समयदेखी जनप्रतिनिधी विहीन ग्रामीण क्षेत्रको विकास गर्ने जिम्मा आफ्नो काँधमा आएको पनि लिलालाई राम्रैसँग थाहाँ छ । सुर्नयाबासिको पीडा कुनै पार्टीको नभई साझा र अब त्यो आफ्नो जिम्मेवारी भएको लिलाको भनाई छ । पहाडको बाटो उकाली ओराली झर्दै, खोला तर्दै, डाँडा चढ्दै ग्रामीण भेगका महिलाले गर्ने दुःख पनि लिलालाई राम्रैसंग थाहाँ छ ।

चुनाव प्रचार गर्दा जति दुःख लिलाले पाउनुपर्यो त्यो दुःख ग्रामीण भेगका महिलाहरुका लागि केही होइन । उनीहरुको दुःखलाई सक्दो बुझ्ने र समस्याको समाधानका साथै महिलाको हक अधिकारका लागि आफु निरन्तर लागिपर्ने र उनीहरुलाई सहज बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको भनाई छ । महिलाले घरभन्दा बाहिर जानुहुदैन चुलो र चौकोमा मात्रै सीमित हुनुपर्छ भन्ने गाउँघरको पुरानो परम्परा तोड्दै अब आफु उदाहरण भएर काम गर्ने पनि उहाँले बताउनु भएको छ ।

‘महिलाले चुलोमा सीमित हुनुपर्छ भन्ने गाउँघरका पुरुषहरुको बुझाई छ । अब म आफै उदाहरण भएर महिलाले अवसर पाए सबै गर्न सक्छन भन्ने उदहारण भएर काम गर्छु’ उहाँले भन्नुभयो । पहाडी जिल्लामा अहिले पनि हजारौ महिलाहरु आफ्नो पीडा लुकाएर बाँच्न बाध्य भएकाले महिलाको हक अधिकारका लागि आफूले काम गर्ने उहाको भनाइ छ ।

महिला अघि नबढ्दासम्म महिलाका समस्या समाधान नहुने भएकाले आफू नै सक्रिए भएको उहाँले बताउनुभयो । झण्डै एक बर्ष अघि एक गैरसरकारी संस्थामा काम गरेकाले फिल्डको लागि ग्रामिण क्षेत्र जाँदा यहाँका महिलाहरुको अवस्था राम्ररी बुझेकाले महिलाको समग्र विकासका लागि महिलाको नेतृत्व आवश्यक रहेको उहाँको भनाई छ ।

छोरीको प्रवाह नगरेर उम्मेदवारी दिनुभएकी उहाँले छोरीको भविष्यसँग पनि आफ्नो उम्मेदवारी जोडिएको उपाध्यक्ष लिलाको भनाई छ । ग्रामीण क्षेत्रमा अझै पनि महिलाको जिम्मेवारी पुरुषको तुलनामा निकै बढी हुन्छ । यसलाई न्यूनिकरण गर्न पुरुष महिला दुबैले समान काम गर्नुपर्ने सोच र प्रवृत्तिको विकास गर्ने उहाँको योजना छ ।

योजना बनाउनका लागि महिला नेतृत्व आवश्यक रहेकाले आफूले अब नेतृत्व लिएर अघि बढे महिलाका समस्या समाधान हुनेमा पनि उहाँ विश्वस्त हुनुहुन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t2yZSq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top