Photo of Milford Sound in New Zealand

तुलसीपुर, १७ असार । युवतीको प्रयोग गरेर अपहरणपछि हत्या गरिएका दाङको तुलसीपुर उपमहानगरपालिकाका ब्यवसायी राजकुमार श्रेष्ठलाई आज अन्तिम श्रद्धाञ्जलि दिइएको छ ।

तुलसीपुरमा आज आयोजित कार्यक्रममा आफन्त, शुभेच्छुक, विभिन्न दलका नेता, कार्यकता, उच्च अधिकारलगायतले श्रद्धाञ्जलि दिएको रिपोर्टर्स क्लव नेपाल दाङ शाखाका अध्यक्ष एवम् पत्रकार शरद रेग्मीले जानकारी दिए ।

ब्यापारी श्रेष्ठको आजै शीतलपुरस्थित बबई नदीमा अन्त्येष्टि गरिनेछ ।

ब्यापारी श्रेष्ठलाई युवती प्रयोग गरेर पेशेवर समूहले तीन करोड रुपियाँ फिरौती माग गरेको थियो । तीन दिनसम्म भोकै जंगलमा हिँडाएपछि अपहरणकारी समूहले हत्या गरेर सल्यान जिल्लाको गुफामा फ्याकेको थियो ।

प्रहरीले अपहरणमा संलग्नहरूलाई नियन्त्रणमा लिएर उनीहरूकै बयानका आधारमा खोजतलास गर्दा श्रेष्ठको शव शुक्रबार सल्यानको घना जंगलमा फेला पारेको थियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sxFzg9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top