Photo of Milford Sound in New Zealand

दाङ, २६ असार । तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई रु पाँच हजार दिने निर्णय गरेको छ । नगर कार्यसमितिको आज बसेको बैठकले मातृ शिशु मृत्यु दर कम गर्न तथा नवजात शिशुलाई पोषणयुक्त खानाका लागि यो निर्णय गरेको हो । सरकारी अस्पतालमा गएर सुत्केरी सेवा लिने महिलाले आगामी श्रावण महिनादेखि यो सेवा पाउने छन् ।

सो बैठकले प्रत्येक वडामा एम्बुलेन्स सञ्चालनको प्रक्रिया अघि बढाउने, अपाङ्ग र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत एम्बुलेन्स सेवामा छुट दिने, अपाङ्गलाई नगर प्रमुख र उपप्रमुखको कोठामा पहुँच पु¥याउन अपाङ्गमैत्री बनाउने, कामकाजलाई चुस्तदुरुस्त बनाउन नगरपालिकाको प्रत्येक वडामा सिसी क्यामेरा जडान गर्ने, कार्यालयमा इलोक्ट्रोनिक्स हस्ताक्षरको व्यवस्था गर्ने, १५ दिनभित्र सर्वदलीय सर्वपक्षीय निर्णयका आधारमा प्रत्येक वडामा वडा कार्यालय स्थापना गर्नेलगायत निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बैठक बसेको थियो । रासस

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tZ6QNi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top