Photo of Milford Sound in New Zealand

काठमाडौं । भारतबाट विद्युत् आयात गरेर लोडसेडिङको भार थेग्दै आएको नेपालका लागि लोडसेडिङ व्यवस्थापनमा पुनः चुनौती देखिएको छ । ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट नेपाल भित्रिरहेको १ सय ४५ मेगावाट विद्युत् सम्झौता अवधि सकिन लागेकाले यो समस्या खडा भएको हो । सो प्रसारण लाइनबाट नेपाल भित्रिरहेको बिजुलीको आयात सम्झौता १६ पुस (डिसेम्बर अन्त्य)मा सकिँदै छ ।

नेपाल–भारत ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटी (जेएससी) को बैठकमा यो एजेन्डा उठाउने तयारी गरिए पनि आकस्मिक रूपमा सो बैठक स्थगित गरिएकाले लोडसेडिङ व्यवस्थापनमा चुनौती देखिएको हो । बिहीबार र शुक्रबार हुने भनिएको सो बैठकका लागि प्राविधिक तयारी पनि नपुगेको र सरकार पनि परिवर्तनको संघारमा रहेकाले नेपालका तर्फबाट नै बैठक स्थगनका लागि प्रस्ताव गरिएको हो ।

जेएससीको बैठकका लागि प्राविधिक समितिले तयारी पूरा नगर्दा नेपाली पक्षकै आग्रहमा बैठक रोकिएको ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए । ‘विद्युत् खरिद–बिक्री र क्रस बोर्डर प्रसारण लाइनको विषयमा प्राविधिक समितिको गृहकार्य बाँकी रहेको थियो,’ सचिव घिमिरेले भने, ‘ढल्केबरबाट आयात भइरहेको विद्युत्को विषयमा कुरा नमिल्दा बैठक केही समयका लागि स्थगित भएको हो ।’

स्रोतका अनुसार ऊर्जामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कमल थापाले कामचलाउ सरकारले राष्ट्रिय महŒव राख्ने निर्णय गर्न नसक्ने भन्दै जोखिम लिन नचाहेका कारण बैठक रोकिएको हो । उनका अनुसार अब जेएससीको बैठक नयाँ सरकार गठन भएपछि उसले लिने नीतिका आधारमा छलफल गर्न बस्नेछ ।

भारतले नेपाललाई दिँदै आएको विद्युत् पुरानो भाउमा दिन नसक्ने जानकारी यसअघि नै ऊर्जा मन्त्रालयलाई दिइसकेको छ । योसँगै विद्युत् मूल्य पनि बढ्ने निश्चित भएको छ ।

यसअघिको सम्झौताअनुसार भारतले नेपालमा निर्यात गर्दै आएको बिजुलीमा खुद घाटा भएकाले भारतीय पक्षले मूल्यवृद्धि हुने बताएको हो । यसको प्रत्यक्ष असर ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट नेपाल भित्रिरहेको बिजुलीमा पर्नेछ ।

ऊर्जा सचिव घिमिरेका अनुसार नयाँ सरकार नबनेसम्म बिजुलीको मूल्य बढाउने या नबढाउने भन्ने निर्णय गर्न उचित नहुने भन्दै अहिलेलाई बैठक स्थगित गरिएको हो । उनका अनुसार भारतको पीटीसी र एनबीबीएनसँग समस्या समाधानका लागि छलफल भइरहेको छ ।

भारतको सर्वोच्च अदालतले गत १७ नोभेम्बरदेखि पेटकोक र फर्नेस (तेल प्रशोधन प्रक्रियामा सह उत्पादनका रूपमा प्राप्त हुने कार्बनको मात्रा उच्च रहेको इन्धन) आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएको थियो ।

पेटकोकमा लागेको प्रतिबन्धबाट भारतमा कोइलाबाट विद्युत् उत्पादन बन्द भएको छ । सोही दिनदेखि टनकपुरबाट नेपालतर्फ आयात भइरहेको ३० मेगावाट बिजुली बन्द भइसकेको छ । पछिल्लो केही दिनदेखि भने भारतले सो विद्युत्मध्ये २० मेगावाट दिन सुरु गरेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारीले बताए ।

नेपाली पक्ष मूल्य वृद्धि नगराई पुरानै दरमा खरिद गर्ने र भारतीय पक्ष जसरी भए पनि मूल्य बढाउने तरखरमा रहेका कारण बिजुली आयातको टुंगो लागेको छैन । नेपालमा लोडसेडिङ हुन नदिन वा हरसम्भव कम गर्न प्राधिकरणले प्रयास गरिरहेको प्राधिकरणका प्रवक्ता अधिकारीले बताए ।

नेपालले टनकपुर नाकाबाट प्रतियुनिट ५.६८ रुपैयाँ (३.५५ भारु)मा बिजुली खरिद गर्दै आएको थियो । त्यस्तै, ढल्केबरबाट भने प्रतियुनिट ५.७६ रुपैयाँ (३.६० भारु)मा आयात गर्दै आएको छ । भारतीय विद्युत् एक्सचेन्ज बजारमा विद्युत्को भाउ केही महिनादेखि बढ्दै आएको छ ।

पेटकोकबाट विद्युत् उत्पादन बन्द भएपछि जलविद्युत् तथा ऊर्जाबाट उत्पादित बिजुलीको भाउ बढेको हो । नेपालले हाल भारतका विभिन्न नाकाबाट करिब ४ सय मेगावाट बिजुली आयात गरिरहेको छ । आजको राजधानी दैनिकमा खबर छ।

The post भारतले बिजुली नदिने ! फेरि हुने भयो लोडसेडिङ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Bii6Vm
via IFTTT

0 comments:

Post a Comment

add

 
Top