Photo of Milford Sound in New Zealand

मृत्युपछि के हुन्छ ? यो कठिन प्रश्नको उत्तर खोजिररहेको अमेरिकाको न्युयोर्कस्थित अनुसन्धानकर्ताहरूको टोलीले आश्चर्यजनक खुलासा गरेका छन् ।

न्युयोर्क युनिभर्सिटी ल्यांगोन स्कूल अफ मेडिसिनको अनुसन्धान टोलीका अनुसार, मृत्युपछि मर्ने व्यक्तिले केही क्षणका लागि वरिपरि भइरहेका घटनाको अनुभूति गर्छ ।

अनुसन्धानकर्ता टोलीले हृदयघात वा अन्य कुनै घटना भएको केही क्षणपछि मृत घोषणा गरिएका मानिसमाथि अनुसन्धान गरेको थियो ।

विश्वविद्यालयका निर्देशक साम पर्नियाले भने, ‘मुटुको ढुकढुकी रोकिनेबित्तिकै दिमागमा रगत पुग्न पनि बन्द हुन्छ र तत्कालै त्यसले काम गर्न रोक्छ । तर केही घटनामा मानिसहरू दिमागले काम गर्न बन्द गरेपछि पनि वरिपरि भइरहेका घटना अनुभव गर्न सक्छन् ।

यस्ता मानिसहरूले वरिपरि भइरहेका घटनाको सटीक जानकारी दिएका थिए । मरेको मानिसले यस्तो जानकारी देला भन्ने लागेको थिएन ।

डा पर्नियाको टोलीले अब मृत्युपछि हुने अनुभवको बारेमा थप अनुसन्धान गर्ने भएको छ । उनका अनुसार, मरेको केही क्षणपछि दिमागलाई सक्रिय राख्ने कुनै तत्त्व पक्कै छ ।

तर यसको विपरीत सन् २०१३ मा मिशिगन विश्वविद्यालयले गरेको अनुसन्धानमा दिमागमा भएको अनौठो शक्ति व्यक्ति मर्नेबित्तिकै ध्वस्त हुने बताएको थियो । lokaantar

The post मृत्यु पछि पनि सक्रिय रहन्छ मानिसको शरीर, बैज्ञानिक खोजबाट पत्ता लाग्यो यस्तो तथ्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lnokfY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top