Photo of Milford Sound in New Zealand

१३पुस,काठमाडौं।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले चार हात,दुई टाउको र दुई खुट्टा भएको अनौठो बच्चा जन्माएकी छिन् । सुनसरी इनरुवा बस्ने चन्द्रनारायण मण्डलकी श्रीमती सोनम मण्डलले छोरीको रुपमा ती शिशु जन्माएकी हुन् ।

अस्पताल भर्ना भएलगत्तै चिकित्सकहरुले शल्याक्रियामार्फत शिशुलाई पेटबाट बाहिर निकालेका थिए । शिशुको पेट र छाती टाँसिएको तर चार हात, दुई टाउको, दुई खुट्टा र एउटै योनाङ्ग रहेको छ ।

चिकित्सकहरुका अनुसार बच्चा जन्मिएलगत्तै उसमा स्वासप्रस्वासको समस्या देखिएको थियो । चिकित्सकहरुले त्यो समस्या देखेलगत्तै बच्चाको स्वासप्रस्वास सहज बनाउन अर्को उपचार पद्धति अपनाउन सल्लाह माग्दा मण्डल दम्पतिले बेवास्ता गरी शिशुलाई घर लगिएको बताएका छन् ।

मण्डल दम्पतीले शिशु गर्भमा आएसँगै स्थानीय मेडिकलमा भिडियो एक्सरे गर्दै आएका थिए । उनीहरुलाई त्यहाँको चिकिच्सकले बच्चाको अवस्था सामान्य नै रहेको सल्लाह दिएको थियो । अन्ततः यस्तो शिशु जन्मिएपछि अस्पतालका चिकित्सकहरुनै आश्चर्यमा परेका छन् ।

साभार रातोपाटी

The post धरानमा दुई टाउको भएको अचम्मको बच्चा जन्मियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2C3Goa8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top