Photo of Milford Sound in New Zealand

काठमाडौं, १२ पुस– चीनले पाकिस्तानमा निर्माण गरिरहेको चीन–पाकिस्तान ईकोनमिक कोरिडर (सीपीइसी) लाई अफगानिस्तानसम्म बिस्तार गर्ने भएको छ । बेइजिङमा भएको यो निर्णयले नयाँदिल्लीलाई थप चिन्तित बनाएको छ ।मंगलबार बेइजिङमा भएको चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरुको बैठकमा सीपीइसीलाई अफगानिस्तानसम्म बिस्तार गरिने सहमति भएको हो । सीपेकको बिरोध गर्दै आएको भारत यो त्रिदेशीय सहमतिपछि थप चिन्तित भएको छ । भारतीय बिश्लेषकहरुले यो सहमतिले ‘भारतलाई घेर्ने’ चिनियाँ नीति सफल हुँदै गएको बताएका छन् ।

चीनले पाकिस्तान र अफगानीस्तानलाई सम्बन्ध सुधार्न दवावमात्र दिएको छैन, त्यसको आधार निर्माणमा सहयोग गर्दै आएको छ । चीनको यो प्रयासलाई भारतले रुचाएको छैन मंगलबार भएको वार्तामा अफगानीस्तानका बिदेशमन्त्री रब्वानीले चीन–पाकिस्तान आर्थिक कोरिडोरमा जोडिन चाहेको भन्दै प्रस्ताव राखेपछि पाकिस्तानी बिदेशमन्त्री खवाजा अफिल र चिनियाँ विदेशमन्त्री वाङ यी सहमत भएका हुन् ।

अफगानीमन्त्रीले आफ्ना नागरिकको दैनिक जीवनस्तरमा सुधार ल्याउन एकअर्कालाई जोड्ने परियोजनामा सहभागि हुन चाहेको बताएका थिए । ‘वीन–वीन र पारस्परिक लाभको सिद्धान्तका आधारमा उपयुक्त माध्यमबाट अफगानिस्तानसम्म उक्त कोरिडर बिस्तार गर्न सहमत भएका छन्’ उनले भने । भारतले सीपीइसी पाकिस्तान प्रशासित काश्मिर हुँदै अघि बढ्ने भएकाले त्यसले भारतको सार्वभौमिकतामाथि र सुरक्षामाथि प्रश्न उठाउने भन्दै बिरोध गर्दै आएको छ ।उता, चीनले भने राष्ट्रपति सी जिनपिङको मुख्य परियोजना ‘वान बेल्ट, वान रोड’माफर्त उक्त कोरिडर निर्माण भइरहेको भन्दै त्यस्तै कोरिडर अन्य देशहरुसँग पनि निर्माण गर्ने तयारी भइरहेको बताएको छ । अफगानीस्तानका विदेशमन्त्रीले सीपीइसीको सफल कार्यान्वयन चीनको छिमेकी देशहरुसँगको सम्बन्ध बिस्तारका लागि नमुना परियोजना हुने बताए ।

The post चीनको चेपुवामा यसरि पर्यो भारत! “भारतलाई घेर्न चीन सफल भएको” भन्दै नयाँदिल्लीमा रुवाबासी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lhAqXV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top