Photo of Milford Sound in New Zealand

नागढुंगा चेकपोष्टमा शरिरमा लगाउने कपडाजस्तै ३२ लाख नेपाली रुपैंया पैसाको बण्डल लगाएका एक भारतीय नागरिक पक्राउ परेका छन । भारतको बिहार सितामणी जिल्लाका सोनुकुमार चौधरीलाई प्रहरीले स्रोत नखुलेको नेपाली पैसा ३२ लाख शरिरमा बेरेर ल्याएको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीले आफु हार्डवयर व्यवसायमा लागेकाले सोही प्रयोजनका लागी उक्त पैसा ल्याएको बताएपनि प्रहरीलाई उनको हाउभाउ शंकास्पद र स्रोत विश्वसनीय नलागेपछि पक्राउ गरेको जनाएको छ ।

रौतहटबाट काठमाडौं आएका ती युवाले जकेट भित्र भित्रिबस्त्रजस्तै गरि पैसा राखेको प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए । शंकास्पद देखिएका ति युवमाथी थप चेकजाँच गर्दा शरिरमा लुकाएका हजार र पाँचसय दरका नोटको बण्डल भेटियो । रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारवाहीका लागि प्रहरी वृत्त थानकोट पठाएका छौं उनले भने ।

The post भर्खरै थानकोटमा संका लागेर यात्रुलाई चेक गर्दा प्रहरी चकित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lqhHtp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top