Photo of Milford Sound in New Zealand

काठमाडौँ । स्वघोषित माता सविता आचार्यले नेकपा एमाले र माओवादी केन्द्रका एकता खतरामा पुगेको बताएकी छन् । उनले दुई पार्टी एकता हुन निकै कठिन हुने बताउँदै काटमार हुने संकेत आफूले पाएको बताएकी छन् ।

पूर्वराजा ज्ञानेन्द्रदेखि दलको शिर्ष नेताहरुले आफ्नो भाग्य हेराउन आफू कहाँ पुग्ने दाबी गर्दै सविताले आफूले भनेको सबै पूरा भएको दाबी गरेकी छन् । उनले आफूले प्रचण्ड पुत्र प्रकाश दाहालको निधन हुनुको दुई दिन पहिले माओवादी केन्द्रको लागि अशुभ खबर आउने बताएको बताएकी छन् ।

“एमाले र माओवादी केन्द्र एकता निकै खतरामा पुगेको छ, यसले नराम्रो संकेत गरेको छ । काटमार हुने देखेकी छु” सविताले भनिन् । उनले एमाले नेता माधव कुमार नेपालको राम्रो योग रहेको बताएकी छन् । त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीको तुलतनामा माके अध्यक्ष प्रचण्ड कमजोर रहेको बताएकी छन् ।

त्यसैगरी माता सविताले नेपालमा राजतन्त्र फर्किने भन्दै पारस पत्नी हिमानी र छोरा हृदयन्द्रको भविश्य राम्रो आफूले देखेको बताइन् । उनले राजतन्त्र नफर्केसम्म नेपालमा शान्ति नहुने समेत दाबी गरेकी छन् ।

आफूले राप्रपा छोडेर एमाले प्रवेश गर्ने वितिकै फोन गरेर चुनावमा राम्रो नहुने बताएको सविताले बताइन् । पहिला फोन गरेर आफ्नो भविश्यबारे सोध्ने ओलीले चुनावमा टिकट नपाएपछि भेट नभएको बताइन् ।

त्यसैगरी रेखा थापालाई चुनावमा सफलता प्राप्त नहुने भन्दै चुनाव नलड्ने भनेको दाबी गरिन् । रेखाको लागि पहिलो राप्रपा नछोड्न नै फाइदा हुने बताइन् ।

राजनीतिक पार्टीका शिर्ष नेतादेखि नाम चलेका कलाकार र व्यवसायीहरु सविताको ढोकामा लाइन लाग्दै आएका छन् । citydainikबाट

The post एमाले-माओवादी केन्द्रको एकता खतरामा, काटमार हुने संकेतः माता सविता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CipiVl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top