काठमाडौं, १२ पुस ।
बुधबार राजधानीको बत्तीसपुतलीमा भएको दुर्घटनामा कलाकार विना थापाको मृत्यु भएको छ । बत्तीसपुतलीमा बा२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा५५ प १३८७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा स्कुटर चालक काठमाडौं धापासी बस्ने गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाकुमारी थापाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकोछ । उक्त ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
केहि दिन पहिले गुल्मेली कलाकार उनले फेसबुकमा यस्तो लेखेकी थिइन् –
जिन्दगी के रहिछ तरु मानवीय घमण्ड आखिर किन रु यस्तै कुराले मलाई पिरोल्छ धेरैजसो पशुपतीनाथ को दर्शन अनि त्यहाँ को माहोल मा टोलाइरहन मन लाग्छ । त्यहाँ को गतिविधि हेर्नको लागि म प्राय पशुपति जाने गर्छु आफुलाइ फ्रेस बनाउन र केही बुझन, त्यहाँ बस्दा समय बितेको पत्तो पाउदैन म लाग्छ। मृत्यु भयानक छ तर ईमानदार छ । मानिसको ईमानदार मित्र कोहि छ भने त्यो मृत्यु हो । मृत्यु ले कहिले धोका दिदैन । जन्म देखि संगै बस्ने र जादा संगै लिएर जाने मृत्यु रहेछ । मृत्यु को आफ्नै लय हुन्छ जिबनको लय भन्दा फरक छ। मृत्यु सधै दुस्खदायी हुन्छ तर दुस्खको कारण मृत्यु होइन त्यो प्रेम हो ।।।
The post यसरि भएको थियो चर्चित नायिका बिना थापा मृत्यु,हेर्नुहोस रहस्यमय भिडियो appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2C02J8D
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.