Photo of Milford Sound in New Zealand

मुम्बइ। भारतका अर्बपति मुकेश अम्बानी भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड हिरोइन अनुष्का शर्माको बिहेको रिसेप्सन पार्टीमा गएनन् । तर, उनै अम्बानी भारतको पहिलो प्राथमिकताको राष्ट्रिय टिममै नभएका अर्का क्रिकेटरको बिहेको पार्टीमा भने सपरिवार पुगेपछि अहिले निकै ठूलो चर्चाको विषय बनेको छ ।

विराट–अनुष्काको बिहेको पार्टीमा अम्बानी परिवारबाट मुकेशकी पत्नी नीता र छोरा आकाशमात्र पुगेका थिए । तर, टिम इण्डियाका स्टार अलराउण्डर हार्दिक पाण्डेका दाजु क्रुणाल पाण्डेको बिहेको पार्टीमा भने मुकेश स्वयं पुगे । क्रुणाल भारतको दोस्रो प्राथमिकताको टिम ‘इण्डिया ए’का अलराउण्डर हुन् । बुधबार पंखुडी शर्माशँग विहे गरेका क्रुणालको बिहेमा मुकेशसहित अम्बानी परिवारबाट उनकी पत्नी नीता, छोरी इशा र छोरा आकाशसमेत पुगेका थिए । यसले अमबानी परिवार विराट कोहली भण्दा पाण्डे परिवारनिकट भएको देखिएको छ ।

अम्बानी परिवारबाट यति धेरै सदस्य क्रुणालको बिहेमा पुग्नुको अर्को कारण हो पाण्डे दाजुभाइको आइपिएल टिम । क्रुणाल र हार्दिक आइपिएलमा मुम्बइ इण्डियन्स टिमबाट खेल्छन् र यो टिमको मालिक अम्बानी परिवार नै हो । मुम्बइ अहिलेसम्म सबैभन्दा धेरै तीन पटक आइपिएल जितेको टिम हो र टिमको यो जीतमा पाण्डे दाजुभाइको ठूलो योगदान छ । यही कारण अम्बानी परिवार क्रुणालको बिहेमा यसरी सहभागी भएका थिए ।

The post मुकेश अम्बानीले वास्ता गरेनन् विराट कोहलीको पार्टी, पुगे अर्का क्रिकेटरको बिहेको पार्टीमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pXr09Q
via IFTTT

0 comments:

Post a Comment

add

 
Top