Photo of Milford Sound in New Zealand

कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ ।
दिनहँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ । दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पु¥याउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ । यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ ।

क्यान्सरको जोखिम घटाउँछ
सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ ।

मिर्गाैला स्वस्थ राख्छ
सुन्तला खाइरहने गर्नले मिर्गाैलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।

कलेजो जोगाउँछ
सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

कोलेस्टरोल घटाउँछ
सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।
मुटु बलियो बनाउँछ
सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पु¥याउँछन् । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । जुन सुन्तला खानाले रोकिन्छ ।

भाइरल इन्फेक्सन हटाउँछ
सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

कब्जियत खुलाउँछ
कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

आँखा तेजिलो बनाउँछ
सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् ।

रक्तचाप नियन्त्रण गर्छ
सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

छालाको सुरक्षा गर्छ
सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ ।

स्वास्थ्य खबरपत्रिका बाट साभार गरिएको

The post चिसो मौसममा फल्ने फल सुन्तला, मौसमी घाममा बसी बसी खानाले यस्ता छन अचम्मैका फाइदहरु जानकारी लिनुहोस … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2q0ZEzp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top