Photo of Milford Sound in New Zealand

एक निश्चित उमेर पश्चात् मानिसको उचाई बढ्न रोकिन्छ तर केही मानिसको उचाई निकै कममै सिमित हुन्छ । यदि हामीले दिनहुँ कुनै एक विशेष किसिमको योग गर्न सक्यौँ भने उचाई बढाउन सहज हुनसक्छ । यी योगलाई नियमित गर्नाले शरीरलाई एक्सरसाइज हुन्छ, जसले उचाई बढाउन एकदमै महत्वपूर्ण भूमिका निभाउँछ । आज हामी यस्ता ७ योगको बारेमा चर्चा गर्दैछौँ, जुन मध्य कुनै एक योगलाई आफ्नो दैनिक जीवनमा नियमित रूपले पालना गर्ने हो भने पनि उचाई सजिलै बढाउन सकिन्छ ।
१-ताडासन

सिधा उभिनुहोस् र अब श्वास लिँदै दुवै हातलाई माथि उठाउनुहोस् र खुट्टाको औँलामा उभिनुहोस् । यस स्थितिमा ३० सेकेण्ड सम्म रोकिनुहोस् र यस योगलाई १० पटक दोहोर्याउनुहोस् ।

२-वीर भद्रासन

एक खुटालाई पछाडी तर्फ तन्काउनुहोस् र दोस्रो खुट्टालाई आगाडी ९० डिग्रीको एंगलमा मोड्नुहोस् । अब मुख माथि गर्नुहोस् र दुवै हातलाई जोडेर टाउको को माथि सम्म लैजानुहोस् । १० देखि १५ पटक श्वास लिने र छोड्ने गर्नुहोस् । यस योगलाई दिनमा १० पटक दोहोर्याउनुहोस् ।

३-ट्री स्ट्यान्ड पोज

सिधा उभिनुहोस र दुवै हातलाई माथि उठाएर जोड्नुहोस् । अब बायाँ खुट्टालाई घुँडाबाट बोदर दायाँ खुट्टाको तिघ्रामा राख्नुहोस् । आँखा बन्द गर्नुहोस् र ८ मिनेट सम्म ध्यान गर्नुहोस् ।

४-त्रिकोणासन

सिधा उभिनुहोस् र दुवै खुट्टाको बीचमा २ फिट खाली राख्नुहोस् । दुवै हातलाई साइडमा लैजानुहोस् र दायाँ हातबाट दायाँ खुट्टालाई छुने कोशिश गर्नुहोस् । बायाँ हातलाई माथि तर्फ सिधा राख्नुहोस् । केही समय रोक्नुहोस् र फेरि सामान्य पोजिशनमा आउनुहोस् । यहि क्रिया दोस्रो हातले पनि दोहोर्याउनुहोस् ।

५-पादहस्तासन

खुट्टालाई जोडेर सिधा उभिनुहोस् । घुँडालाई सिधा राख्नुहोस् र श्वास छोड्दै आगाडी तर्फ झुक्नुहोस् । अब दुवै हातलाई दुवै खुट्टाको पन्जाको तल राख्नुहोस् । केही सेकेण्ड्स यहि पोजिशनमा रहनुहोस् । यस योगलाई ८ देखि १० पटक गर्नुहोस् ।

६-पश्चिमोत्तानासन

खुट्टालाई नजिकै फैलाएर बस्नुहोस् । लामो श्वास लिनुहोस् र शरीरलाई पछाडी झुकाउनुहोस् । अब श्वास छोड्दै अगाडी तर्फ झुक्नुहोस् । दुवै हातले दुवै खुट्टाको औँला समात्नुहोस् र निधारले घुँडामा छुने कोशिश गर्नुहोस् । केही सेकेण्ड्स रोक्नुहोस् र फेरि पहिलेको पोजिशनमा जानुहोस् । यस योगलाई ८-१० पटक दोहोर्याउनुहोस्

७-भुजंगासन

पेटको बल गरेर पल्टिनुहोस् । दुवै हातलाई कम्मरको नजिक जमिनमा टेकाउनुहोस् । अब यसको सहायताले शरीरलाई माथि उठाउनुहोस् । केहि समय सम्म यहि पोजिशनमा रहनुहोस् । यसलाई १० पटक दोहोर्याउनुहोस् ।

The post के तपाई होचो हुनुहुन्छ ? यस्तो छ, उचाई बढाउने अत्यन्तै उपयोगी ७ उपाय appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DzzQwf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top