Photo of Milford Sound in New Zealand

काठमाडौं, १२ पुस– ललितपुरको ग्वार्को क्षेत्रमा खटिएका ट्राफिक प्रहरीकी पत्नी एकदिन जिल्ला ट्राफिक प्रहरी कार्यालयमा हाकिमसँग झगडा गर्न आइन् ।

दिनभर धुलाम्मे सडकमा ड्युटीमा खटिएका उनका पति रातभर खोक्ने र विरामी पर्न थालेपछि पत्नी धुलो नभएको ठाउँमा ड्युटी मिलाइदिन आग्रह गर्दै आएकी थिइन् ।

‘अहिले नै बिरामी पर्न थालिसक्नु भयो, जागिर सकिएपछि रोगी हुँदा मैले पाल्नुपर्छ’ भन्दै ड्युटीमा खटिएका प्रहरीकी पत्नी नै गुनासो गर्न आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरु आश्चर्यमा परे । यो समस्या काठमाडौंमा खटिने ट्राफिक प्रहरीको साझा समस्या हो ।

राजधानी काठमाडौं उपत्यकाको सडक फराकिलो बनाउने तथा मेलम्चीको पानीका लागि पाईप बिच्छाउने काममा भइरहेको ढिलासुस्ती र अव्यबवस्थाले काठमाडौं धुलाम्मे बनेको छ । धुलोका कारण दिनभर सडकमा सवारी व्यबस्थापनमा खटिने ट्राफिक प्रहरीलाई सास्ती भएको छ ।

काठमाडौंको बाटोमा गुडिरहेको हजारौ गाडीहरु दुई मिनेट जाममा पर्दा हर्न बजाउने चालकहरुको स्वभाव र धुलोका कारण सवारी व्यबस्थापन प्रहरीका लागि महाभारत बनेको छ । धुलाम्मे सकडमा मास्कको सहारामा एकजना ट्राफिक प्रहरीले दैनिक औषत ९ सय ६१ गाडीको ब्यबस्थापन गर्नुपर्छ ।

तनावमा रहने ट्राफिक प्रहरी जसले दैनिक औसत १२ जनाको गाली सुन्ने गर्छ । ३८ वटा ट्राफिक प्रहरी इकाई रहेको उपत्यकामा १ हजार ३ सय १० जना ट्राफिक प्रहरी कार्यरत छन् । १ हजार ५ सय ९७ किलोमिटर सडक रहेको उपत्यकामा बाग्मतीमा दर्ता भएका करिब साढे दश लाख सवारीसाधनको ब्यबस्थापन गर्न उनीहरुलाई कठिन परेको छ ।

‘सडकको क्षमता भन्दा धेरै सवारीको व्यबस्थापन गर्न आफैमा कठिन काम हो, त्यसमाथि धुलो र भत्किएको सडक ले झन् समस्या थपेको छ’ महानगरीय ट्राफिक महाशाखा रामशाहपथमा कार्यरत प्रहरी नायब निरीक्षक वसन्त दाहालले लोकान्तरसँग भने ।

पछिलो समय सबै भन्दा धेरै मारमा परेका छन् कलंकीमा कार्यरत प्रहरीहरु । कलंकी चोक मा बन्दै गरेको अण्डर ग्राउण्ड सडक निर्माण कार्य जारी रहदा यस क्षेत्रमा ट्राफिक ब्यबस्थापन मा समस्या आएको प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक्षक बिमल थापा बताउँछन् ।

‘सवारी साधनको चाप बढ्दा जाम दिनदिनै बढ्दै छ, धुलोले गर्दा स्वास्थ्यमा समस्या आइसक्यो, ड्युटीमा खटिएका प्रहरीहरु बिरामी पर्न थालिसके ’उनले लोकान्तरसँग भने । सवारी व्यबस्थापनका लागि थापा पनि बिहान ६ बजे देखि राति १० बजेसम्म सडकमै भेटिन्छन् ।

स्वयम्भु इकाईमा कार्यरत प्रहरी नायब निरीक्षक गुणनिधी खकुरेलका अनुसार धुलोको कारण केहि प्रहरी जवानको आँखामा समस्या समेत देखिन थालेको छ । ‘ट्राफिक प्रहरीको बोलि र ब्यबहारमा परिवर्तन आएपनि चालक र सहचालकको बोलि–ब्यबहारमा अझै परिवर्तन आउन सकेको छैन’ खकुरेल भन्छन्, ‘चालकको झगडा र धुलोका कारण ट्राफिक प्रहरी तनावमा हुन्छन ।’

दिनभर धुलोमा खटिने प्रहरीहरु घर परिवार चिन्तित होलान भनेर कार्यालयमै नुहाएर घर जान्छन् । ‘बिहान नुहाईधुवाई गरेर डिउटी आइन्छ घर फर्किदा छोराछोरीले नै नचिनिने भइन्छ, घरमा श्रीमतीले पीर चिन्ता गर्छन् भनेर अफिसमा नै ड्रेस धोएर फर्कने गरेको छु’ काठमाडौंको सुकेधारामा कार्यरत प्रहरी नायब निरीक्षक विनय अर्यालले भने ।

काठमाडौंको व्यस्त दरबारमार्ग क्षेत्रमा कार्यरत सई बिपिन श्रेष्ठको पनि कथा उस्तै छ । ट्राफिक बत्ति र जेब्रा क्रसिंगको व्यबस्था नहुँदा ट्राफिक व्यबस्थापनमा समस्या भएको उनी बताउँछन् । ‘सडकमा धुलो नभएमा काम गर्न थप उर्जा आउने थियो’ उनले भने ।

महानगरिय ट्राफिक महाशाखा रामशाहपथका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्बेन्द्र खनाल सडकको खाल्डाखुल्डी पुर्ने र धुलोको ब्यबस्थापन गर्ने बिषयमा महानगरपालिका तथा सरोकारवाला निकाय सँग कुरा भइरहेको बताउँछन् ।

‘सडकको धुलोका कारण सवारी व्यबस्थापनमा परेको समस्या वर्णन गरी साध्य छैन् । सडकमा खाल्डा खुल्डी र धुलो मात्र निणन्त्रण भयो भने ट्राफिक व्यबस्थापन धेरै सहज हुन्छ’ खनालले लोकान्तरसँग भने । लोकान्तर

The post श्रीमतीले चिन्ता लिन्छन् भनेर अफिसमै कपडा धुन्छन् ट्राफिक प्रहरी !! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pWXxg9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top