Photo of Milford Sound in New Zealand

भक्तपुर, पुस १३ –भक्तपुरको दुवाकोटस्थित सशस्त्र प्रहरी बल गुहेश्वरी गणका प्रहरी उपरीक्षक (एसपी) को बिहीबार निधन भएको छ । मिर्गौला रोगबाट पीडित ४९ वर्षीय एसपी अरुण शंकर तिमिलाको उपचारका क्रममा निधन भएको हो । जिल्लामा सुरक्षा प्रमुखको निधन भएको यो पहिलो घटना हो ।

सशस्त्र प्रहरी बलका अनुसार मिर्गौला रोगबाट पीडित तिमिला एक साताअघि उपचारका लागि मानव अंग प्रत्यारोपण केन्द्रमा भर्ना हुनु भएको थियो । केन्द्रमा उपचारकै क्रममा उहाँको मृत्यु भएको हो । अस्पतालका अनुसार यसअघि नै दुवै मिर्गौला फेरेका तिमिलालाई साता अघि निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो ।

प्रहरी स्राेतका अनुसार निमोनियाका कारण मिर्गौलाले काम गर्न छाडेपछि तिमिलाको निधन भएको हाे । तिमिलाले २९ वर्ष सुरक्षा निकायमा सेवा गर्नुभएको आफन्तले जानकारी दिएका छन् । न्यूरोडमा बस्ने तिमिला ६ महिनाअघि सरुवा भएर गुहेश्वरी गणको गणपति भएर कार्यरत हुनुहुन्थ्यो । उहाँको बिहीबार नै पशुपति आर्यघाटमा दाह संस्कार गरिने गणले जानकारी दिएको छ । newshamro..

The post भक्तपुरका सशस्त्र प्रहरी प्रमुखको निधन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2C2VwV6
via IFTTT

0 comments:

Post a Comment

add

 
Top