Photo of Milford Sound in New Zealand

एकपटक सोच्नुहोस् त तपाईको कमाई करोडौ छ भने के गर्नुहुन्छ। स्पष्ट रुपमा तपाई पहिले एउटा राम्रो घर र कार लिनुहुन्छ। तर तपाईलाई थाहा छैन होला क बलिउडमा यस्ता धेरै अभिनेत्रीहरु छन्, जसको कमाई करोडौ छ तर पनि उनीहरु भाडाको घरमा बस्छन्।

वास्तवमा यसको फरक कारण छ। यस सुचीमा धेरै ठूला र चर्चित अभिनेत्रीहरु समावेश छन्। जान्नुहोस् उन अभिनेत्रीहरुको बारेमा जसको करोडौ कमाई भएता पनि भाडाको घरमा बस्दै आएका छन्।

कट्रिना कैफ:

करोडौ मानिसको दिलमा राज गर्ने कट्रिना कैफ बी-टाउनको सफल अभिनेत्रीहरू मध्ये एक हुन्। उनले यो क्षेत्रमा काम गर्दै आएको लामो समय भएको छ। कट्रिनाको कमाई करोडौ छ। तथापि, जब उनी यो उद्योगमा आएकी थिइन्, त्यहाँबाट अहिलेसम्म धेरै चोटि घर परिवर्तन भएको छ। किनकि उनले अहिलेसम्म आफ्नो घर किनेकी छैन। मिडिया रिपोर्टको अनुसार, रणबीर कपूरसँग सम्बन्धमा रहँदा कट्रिना कार्टर रोडस्थित अपार्टमेन्टमा रणबीरसँग बस्थिन्। रणबीरसँगको सम्बन्ध विच्छेदपछि अहिले कट्रिना बान्द्रामा भाडामा फ्ल्याट लिएर बस्छिन ।

हुमा कुरैशी:

हुमा कुरेशी बलिउड उद्योगमा एक प्रसिद्ध अनुहार हो। उनि बलिउडको सबैभन्दा राम्रो अभिनेत्रीहरु मध्ये एक हुन् । फिल्म र विज्ञापनहरूबाट हुमाको मासिक कमाई लगभग करोडौ हुन्छ। तर उनले अझैसम्म पनि घर किनेकी छैन। हुमा अन्धेरिमा आफ्नो भाइसँग फ्ल्याट शेयर गरेर बसेकी छिन् ।

अदिती राव हैदरी:

अदिती राव हैदरीको अभिनयलाई लिएर सबै घायल छन्। उनले धेरै हिट चलचित्रहरूमा पनि अभिनय गरेकी छिन्। तर राज खानदानकी ईज्जत राख्ने छोरी अदिती भाडामा बस्न मन पराउछिन्। उनी भन्छिन् कि कुनै सम्पत्तिमा अधिक पैसा लगानी गर्नुभन्दा भाडामा बस्नु राम्रो हुन्छ।

नरगिस फाखरी:

नरगिस फाखरी धेरैजसो विदेश भ्रमणमा देखिन्छिन्। तर उनले अझैसम्म घर किनेकी छैनन्। यो मानिन्छ कि नरगिसको मोडेलिंग शो र फिलिमहरुबाट राम्रो कमाई हुन्छ। तर पनि उनि अहिलेसम्म मुम्बईमा भाडाको घरमा बस्छिन्।

इलियाना डीक्रूज:

दक्षिण भारतको फिल्म उद्योगबाट बलिउडमा गएपछि इलियाना डीक्रुज धेरैजसो मुम्बईमा बस्छिन्। धेरै चलचित्रहरुमा अभिनय गरीसकेकी नायिका इलियानाको कमाई निकै राम्रो छ। तर उनी मुम्बईमा एक भाडाको घरमा बस्छिन्।

The post कराेडाै सम्पतिका मालिक यि पाँच चर्चित नायिका जाे भाडामा बस्छन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BYIAQe
via IFTTT
27 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top