Photo of Milford Sound in New Zealand

एजेन्सी। यी युवती यतिसम्म सुन्दर छिन् कि देख्ने मान्छे सुरुमै मोहित हुन सक्छ । तर यी युवती एक खतरनाक अपराधी हुन् । क्यानडाकी स्टेफनी बेयुदोइनमाथि चोरी, डकैती र अबैध हतियार राख्ने जस्ता गम्भीर आरोप लागिसकेका छन् । उनलाई अदालतले सजाय तोकेपछि उनलाई संसारकै सबैभन्दा हट अपराधी पनि भनिएको थियो ।

२४ वर्षकी यी क्यानडाली युवतीमाथि ३९ घरमा चोरीसहित गैरकानुनी रुपमा हतियार राखेको गरी कूल ११४ मुद्दामा सजाय सुनाइएको थियो । उनलाई गतवर्ष अदालतले ९० दिनको जेल सजाय सुनाएको थियो ।

आश्चर्यजनक कुरा त के भने उनी जेलमा हरेक हप्ताको शनिबार र आइतबार मात्र बस्नु पथ्र्यो । बाँकी दिन उनी मजाले बाहिर घुम्न सक्थिन् । रिपोर्टका अनुसार यी युवतीले चोरीको लागि १३, १४ र १७ वर्षका तीन किशोरलाई प्रयोग गरेकी थिइन् । गिरफ्तार भएपछि स्टेफनीका कैयौं फोटोहरु सामाजिक संजालमा भाइरल भए ।

उनको सुन्दरता देखेर मोडलिङदेखि हलिउड फिल्ममा सम्म अफर आएका थिए । २०१५ मा उनलाई एक म्यागजिनले ‘सेक्सी थिफ’को उपमा दिएको थियो । पछि उनको मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीशले यो ट्याग लगाउन प्रतिबन्ध लगाइदिएका थिए ।

The post यी हुन् संसारकै सबैभन्दा सुन्दर अपराधी : अदालतले पनि दियो अनौठो सजाय appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Cv3WSp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top