Photo of Milford Sound in New Zealand

क्रिकेट टीमका कप्तान विराट कोहली भारतका सबैभन्दा धनी क्रिकेटर हुन् । फोर्ब्सको सन् २०१७ को टप पेड एथलिस्टमा वराट एक्ला भारतीय खेलाडी हुन् ।

उक्त सूचीको शीर्ष १०० मध्ये विराट ८९ औं नम्बरमा छन् । भलै उनी यस सूचिको निकै तल छन् तर एक्लो क्रिकेटर भएका कारण उनी आफ्नो खेलको सबैभन्दा धनी खेलाडी हुन् । यस लिस्टको शीर्षस्थानमा फुटबलर क्रिष्टियानो रोनाल्डो छन् । उनको सामु विराट गरिब देखिन्छन् ।

विराट कोहलीले वर्षमा करिब १ सय २२ करोड भारु एंडोर्समेंट्सबाट कमाउँछन् । मिडिया रिपोर्ट्सका अनुसार उनी एक दिनको ५ करोड भारु चार्ज गर्छन् । पहिले उनको पारिश्रमिक रेट २.५ देखि ४ करोडको बीचमा कमाउँथे । विराट भारतको सबैभन्दा महंगो सेलिब्रेटी हुन् ।

उता फुटबलर रोनाल्डो एंडोर्समेंटमार्फत एक वर्षमा करिब २ सय २४ करोड कमाउँछन् । नाइकसँग उनले सन् २०१५ मा आजीवन सम्झौता गरेका छन् । यसमार्फत उनले करिब १ बिलियन डलर अर्थात् ६ हजार ४०२ करोड भारु कमाउँछन् । रोनाल्डो घडी कम्पनी Tag Heuer को ब्रान्ड एम्बेसडर हुन् ।

हामीले यहाँ सबैभन्दा बढी कमाउने क्रिकेटर र सबैभन्दा बढी कमाउने फुटबलरको भारतीय रुपैयाँमा तुलना गरेका छौं । जसमा विराट कोहली र क्रिष्टियानो रोनाल्डो रहेका छन् ।

विराटले एक वर्षमा कूल २ सय ८२ करोड कमाउँछन् भने रोनाल्डोले १ हजार १८२ करोड कमाउँछन् ।

विराटको एक वर्षको तलब १ सय ४१ करोड छ भने रोनाल्डोको ५ सय ९५ करोड छ ।

खेल जितेमार्फत पाइने उपहारबाट विराटले मात्र १९ करोड कमाउँदा रोनाल्डोले भने ३ सय ७१ करोड कमाउँछन् ।

एंडोर्समेंटबाट विराटले वर्षमा १ सय २२ करोड कमाउँछन् भने रोनाल्डोले २ सय २४ करोड कमाउँछन् ।

इंस्टाग्राम पोष्टबाट कमाउने मामिलामा भने विराटले रोनाल्डोलाई पछि पारेका छन् । यसमार्फत विराटले ३.२ करोड कमाउँछन् भने रोनाल्डोले २.७ करोड कमाउँछन् ।

The post विराट भर्सेस रोनाल्डोः कुन शीर्षकमा वर्षमा कति कमाउँछन् क्रिकेटर विराट र फुटबलर रोनाल्डोले ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BMovsc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top