Photo of Milford Sound in New Zealand

आमा म आज सात इन्च लामो भए । तर मेरो सरिरमा सबै अंगहरु छन् । मलाइ तपाइको आवाज एकदमै मनपर्छ, सुनिरहुँ झैं लाग्छ । तपाइको आवाज सुन्दा मामु प्रत्येक चोटि म मेरा सा साना हातखुट्टाहरु हल्लाउने प्रयास गर्छु । तपाइको मुटुको धड्कन मेरो एकान्तको साथि हो ।

दास्रो महिना
आमा, आज मैले मुँस्कुराउन सिकें । तर अझै पनि म सानै छु,बाहिरको संसारमा म आफुलाई सर्मपण गर्न सक्दिन, मलाइ यहि न्यानो र सुरक्षित छ,तर पनि बाहिरको संसार कस्तो छ र कहिले हेर्ने भनेर म दिन गनिरहेर बसेको छु ।

तेस्रो महिना
मामु तपाइलाइ था छ ? आमा म छोरि हु,सायद यो कुरा सुनेर तपाइ खुसि हुनुभयो होला म सदा तपाइलाइ खुसि देख्न चाहन्छु आमा, तपाइ रुँदा मलाइ साह्रै दुःख लाग्छ । म नि तपाइ संगै रुन्छु तर तपाइले मेरो आँसु देख्नुहुन्न ।

चौथो महिना
आमा मेरो कपालहरु प्लाउन थाले । एकदम नरम र छोटो छ मेरो कपाल् । म प्रायः समय कसरत गरेर बिताउछु,अहिले त म हातखुट्टाको औलाहरु नि चलाउन सक्छु । अनि टाउको पनि यता उता हल्लाउन सक्छु ।

पाँचौं महिना
मम्मु आज तपाइ बाबासंग डाक्टरको मा जानुभो । उस्ले तपाइसंग झुट बोल्यो कि म बच्चा हैन भनेर, म कुनै रोग हो रे । यो सुनेर म कती धेरै रोए । तर मेरो चिच्याहट कसैले सुनेनन्, आमा म कुनै रोग हैन तपाइकै आफ्नै छोरि हुँ । तर एउटा कुरा मैले बुझिन आमा यो गर्भपात भनेको के हो ?

छैठौ महिना
आमा आज फेरी तपाइ त्यो डाक्टरको मा जानुभो । मलाइ त्यो डाक्टर मनै पर्दैन, ऊ एकदम निर्दयी छ । उस्ले मेरो न्यानो बासस्थानमा चोट पुर्याउदैछ ।

सियो जस्तै चुच्चो र धारिलो चिजले मलाइ धेरै पिडा भैरहेको छ, मामु पिलीज विन्ती छ उसलाई रोक्नु भन्नुस न । म यहाँ असहाय दुखाइले छटपटाईरहेकी छु । बिन्ति छ मलाइ नमार्नुस, मलाइपनि वाहीरी सुन्दर संसार हेर्न दिनुस् ।

मेरो के गल्ति छ र ? आमा किन मलाइ यस्तो दर्दनाक मृत्यु दिदै हुनुहुन्छ ? तपाइलाइ मेरो माया लाग्दैन आमा, मेरो अन्तिम सास मात्रै बाकि छ अब, आमा बिन्ति छ मलाइ बचाउनुस, म मर्न चाहन्न ।

आमा ?, आमा ????
बच्चीको करुणा र विन्ती सुनिदिने कोहि भएन,उस्को चिच्याहट र प्राण नेपथ्यमै बिलिन भयो ।

सातौं महिना
आमा अहिले म सुरक्षित छु । म अहिले भगवानको काखामा छु, वहाले मलाइ बोकिरहनुभको छ । अनि मलाइ गर्भपातको बारेमा पनि भन्नु भयो, ऐले मैले सबै कुरा बुझें, किन तपाइले पनि मलाइ नअपनाउनुभएको ?

मलाइ माफ गरिदिनुस आमा म छोरा भएर जन्मिन सकिन, तर मलाइ तपाइसंग केहि गुनासो छैन सिर्फ भगवानलाइ यहि प्राथना छ कि अर्को जुनिमा पनि म तपाइकै कोखमा छोरा भएर हुर्किन पाऊं, तपाइ मलाइ सम्झीएर कहिल्यै नरुनु ल । किनकि तपाइको आखाँमा आँसु देख्दा मेरो भक्कानो फुटेर आउछ । आमा मेरी प्यारी आमा‘ आमा….

सन्देश गर्भपातले एउटा हुर्किदै गरेको आत्मालाइ सदाको लागि मारिदिन्छ ती दुइ निर्दोष आँखाहरुले सुन्दर संसार कहिल्यै देख्न पाउनेछैनन् । अनि त्यो कोमल ओठले कहिल्यै पनि आमा भनेर सम्बोधन गर्न पाउनेछैन ।

गर्भपात बिशेष गरि कन्या भु्रण हत्या एउटा जघन्य अपराध हो । छोरा होस या छोरि, दुवै आफ्नै सन्तान हुन र दुवैलाइ यो धर्तिमा आउने अधिकार छ । कुरिती र कुसंस्कृतिको नाममा गर्भमै

छोरिको हत्या नगरौं, आखिर ती निर्दोष सन्तानको के नै दोष छ र ? फुल्नै नपाइ निर्दयी पुर्वक कोपिलामै फुललाई नमारौ । एउटा देशको सच्चा नागरिक भएको नाँताले जे जन्मीन्छ त्यसैमा खुसी वनौं छोरा या छोरी आफ्नै सन्तान ठानौं । धन्यवाद्…. (अन्तिम सम्म पढेको भए कृपया सेयर गर्न नभुल्नु होला)
सीटी दैनिक

The post पेटभित्रको बच्चीको मार्मिक आत्मकथा….यो पढेपछि मन रुन्छु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2liAIia
via IFTTT

0 comments:

Post a Comment

add

 
Top