Photo of Milford Sound in New Zealand

काठमाडौं, १३ पुस।

नेपाल विद्युत् प्राधिकरणले भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले आगामी तीन महिनाका लागि भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण गरेको हो ।

पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्ने उद्देश्यका साथ कार्यकारी निर्देशकसहितको टोली बुधबार भारत प्रस्थान गरेको थियो । बुधबार ३ बजेदेखि बसेको संयुक्त बैठकले पुरानै दरमा बिजुली आयात गर्ने सम्झौता गरेको प्राधिकरण स्रोतले नागरिकलाई बतायो । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता नवीकरण गरिएको हो ।

भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभिएन) लिमिटेडका अधिकारीसँग घिसिङ नेतृत्वको टोलीले छलफल गरी सम्झौता नवीकरण गरेको हो । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट १ सय ४५ मेगावाट बिजुली प्रतियुनिट पाँच रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात भइरहेको छ । अाजकाे नागरिक दैनिकमा समाचार छ ।

The post लोडसेडिङ हुने अबस्था भएपछी रातारात कुलमानले गरे ३ करोड जनताको लागि यस्तो राहत हुने कार्य ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ChtjZW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top