Photo of Milford Sound in New Zealand

श्रीकृष्णको जन्मदिनमा श्वेताले लेखिन्, ‘तपाईं जिवित हुनुहुन्छ’ (भिडियो सहित)

आज पुष १४ गते । स्वर्गिय अभिनेता श्रेष्ठ जन्मिएको दिन । स्व.अभिनेता श्रीकृष्णको जन्मदिनमा पत्नी श्वेता खड्काले उनलाई सम्झिएकी छन् ।विवाह भएको एक महिनामै स्वार्गारोहण भएका श्रीकृष्णका लागि श्वेताले फेसबुकमा मन छुने स्टाटस पोस्ट गरेकी छन् । श्वेता लेख्छिन्, ‘हजुर मेरो मन र मष्तिस्कमा जिवित र सजिव हुनुहुन्छ ।’मृत्युको दिनभन्दा जन्म दिन महत्वपुर्ण हो । जन्म ले हाँसो फुटाउँछ अनि मृत्युले रोदन छुटाउँछ । मलाई त्यही रोदनको पल भन्दा हाँसोको पल प्यारो छ । किनकी आजकै दिन हजुर जन्मनु भएको थियो, मेरै लागि । हजुरले मेरो सिउँदो भर्नु भयो अनि रङ्गिन भविष्यको सपना देखाउनु भयो । म त्यही सपनाको रङ्गमा रङ्गिएर जिन्दगीको यात्रामा हजुरसँगै समाहित भएँ । हामी दुबै छोटो समयकै लागी सही ।

सँगै हिंड्यौ । जिवनको त्यो यात्रामा हजुरले मलाई कैयन खुसीहरु दिनुभयो । बिर्सनै नसक्ने करोडौ मिठा यादहरु अनि आँट, शाहस र हिम्मत दिनुभयो । साँच्चै हजुरले दिएका ति अविस्मरणिय पलहरुले जिन्दगीको अन्तहिन यो यात्रामा निरन्तर अगाडी बढ्नको लागी मलाई हौस्याई रहेका छन । भन्नेहरु त भन्ने गर्छन कि तपाई सदासदाको लागी बिलाउनु भयो भनेर । तर मलाई हजुर म बाट बिलाएको भान हुँदैन ।

हजुर त मेरै मन र मस्तिस्कमा जिवित र सजिव हुनुहुन्छ । मैले बोल्ने हरेक शब्द अनि मैले हेर्ने हरेक दृश्यहरुमा केवल हजुर नै हुनुहुन्छ । हजुर हुनुहुन्छ र त म छु । हजुरको हरेक जन्म अनि हरेक जुनी मेरै लागी हुनेछ । आजकै दिन मेरा लागि यो धर्तिमा पाइला टेक्नु भएको तपाईलाई जन्म दिनको यो पावन अवसरमा करोडौ शुभकामना ! उही हजुरकी कोहिनूर र कान्छि , भिडियो हेर्नुहोस्

The post श्रीकृष्णको जन्मदिनमा श्वेताले लेखिन्, ‘तपाईं जिवित हुनुहुन्छ’ (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EbhW47
via IFTTT

0 comments:

Post a Comment

add

 
Top