Photo of Milford Sound in New Zealand

थ्रिएटर हुँदै ‘पुण्टे परेड’ बाट आफनो अभिनय यात्रा सुरु गरेका नायक नाजिर हुसेनले सोलो हिट चलचित्र नदिए पनि उनको व्यस्ततामा भने कुनै कमी आएको छैन । हाल राज्जा रानीको प्रमोसनमै व्यस्त रहेका उनको अर्काे चलचित्र कागजपत्र पनि फ्लोरमै रहेको छ । दुब्लो शरिर ,कालो बर्ण तर अभिनय भने जोडदार ।

यहि क्षमताको कारण आज नाजिर चर्चित छन् । उनी मुस्लिम समुदाय त्यसमा पनि मधेशका बासिन्दा उनलाई धेरैले भारतीय भनेर टिप्पणी गर्छन् । तर उनी बिरगञ्जमा बस्ने रैथाने नेपाली हुन् । उनको संघर्षको कथा पनि बेग्लै छ । बिरगञ्जमा हुँदा शिक्षण पेशामा समेत आवद्ध रहेका उनी त्यसपछि अभिनयको भुत चढेर काठमाडौँ आएका थिए ।

थ्रिएरटमा काम गर्न थालेका उनलाई त्यतीबेला बज्रपात प¥यो जतिबेला उनको आमाको निधन भयो । हरेक कुरामा साथ दिने आमाको निधन भएपछि उनलाई अभिनयकै लागि परिवारबाट सहयोग भएन । घरमा दाईहरुसंग झगडा गरि छिमेकी दाईसंग ५०० रुपैयाँ सापटी मागेर पुन काठमाडौँ छिरेका नाजिर आज त्यही ५०० ले स्टार बनाईदिएको भनी धक फुकाएर भन्न हिच्किाउँदैनन् ।

होस्टल रिर्टन्सबाट व्यवसायिक हिसाबले नायककोरुपमा स्थापित नाजिर भन्छन् आज म जुन स्थानमा छु खुसी छु । नाजिरको यति बेला नयाँ चलचित्र राज्जा रानी पुष २१ गतेबाट रिलिज हुँदैछ । मधेशमा रहेको दाईजो प्रथा र छोरीको अवस्थालाई चित्रण गरिएको राज्जा रानी यतिबेला प्रमोसनको क्रममा रहेको छ ।

The post छिमेकीसंग ५०० सापटी मागेर नायक बनेका नाजिर … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CsneHY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top