Photo of Milford Sound in New Zealand

म २८ वर्षीया महिला हुँ । मेरो दुई वर्षको छोरा छ । बच्चा पाउनुअघि श्रीमान्ले यौन सम्पर्क गर्दा कुनै गुनासो गर्नु हुँदैनथ्यो । अहिले ‘तिमीसँग सम्पर्क गर्दा मजा नै आउँदैन’ भन्नुहुन्छ । उहाँ तनावग्रस्त हुनुहुन्छ । मैले श्रीमान्लाई कसरी सम्झाउने होला ? योनी टाइट पार्ने कुनै उपाय छ कि ?
टी

यौन मामिलामा नेपाली समाजमा अहिले पनि थुप्रै भ्रम रहेका छन् । यसले धेरैको यौन जीवन सुखमय हुन सकिरहेको छैन । तपाईंले भोग्नुभएको समस्या पनि भ्रमकै कारण सिर्जना भएको हो । वंश चलाउन बच्चाको चाहना पनि गर्ने, अनि श्रीमतीले बच्चा पाएपछि गुनासो गर्ने थुप्रै पुरुष नेपाली समाजमा छन् । वास्तवमा बच्चा पाउनुअघि र बच्चा पाइसकेपछिको यौन आनन्दमा खासै फरक पर्दैन ।

बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मजा आउँदैन भन्ने भ्रम रहेका पनि थुप्रै हुन्छन् । बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ । डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ । योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एडजस्ट हुने खालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ । त्यसैले योनी खुकुलो भएको हुँदैन ।

तपाईंले आफ्नो श्रीमान्लाई सन्तुष्ट पार्न यौन सम्पर्क गर्ने बेलामा पर्याप्त ‘फोरप्ले’ गर्नुहोस् । यौन जीवनबारे कुराकानी गर्नुहोस् । पत्रपत्रिकामा छापिने यौन जिज्ञासामा चिकित्सकले दिने सल्लाह पढ्ने सुझाव दिनुहोस् । यसले तपाईंको श्रीमान्को भ्रम हट्न गई सन्तुष्टि प्राप्त गर्न सक्नुहुन्छ ।

दुईचार हप्तामै योनी टाइट पारिदिने, लिंग मोटो र लामो बढाउने, रातारात स्तन ठूलो बनाउने, शीघ्र पतनलाई दुई दिनमै छुमन्तर पारिदिने खालका भ्रमात्मक विज्ञापन पत्रिकादेखि इन्टरनेटसम्म टन्न आउने गर्छन् । यो भ्रमको खेतीबाहेक केही पनि होइन । ‘ह्यान्डसम अप’, ‘२४ होर्मोटेस’जस्ता उत्पादनका विज्ञापन भइरहेका छन् । तर, यौन विशेषज्ञका अनुसार यौनशक्ति बढाउने, लिंगको आकारमा वृद्धि गर्ने, स्तन ठूलो बनाउने, योनी टाइट पार्ने कुनै पनि प्रोडक्ट हुँदैनन् ।

यस्ता विज्ञापन पनि भ्रमित र कुण्ठित मान्छेको शोषणका लागि भइरहेका छन् । यौन विशेषज्ञ र मनोविज्ञसँग थोरै परामर्श गरेपछि सेक्ससम्बन्धी भ्रम र अन्धविश्वासबाट मुक्त हुनेबित्तिकै हाम्रो यौन जीवन रसिलो र सुखमय हुनथाल्छ ।

The post योनी टाइट पार्ने उपाय खाेज्दै हुनुहुन्छ ? एकपटक याे पढ्नुस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2li0kvA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top