Photo of Milford Sound in New Zealand

काठमाडौं नेपालगन्ज- यहाँ निर्मित सोल्टी होटलको उद्घाटनका लागि परिवारसहित नेपालगन्ज आएका पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगन्जका उद्योगी तथा होटल व्यवसायीको भेटघाटलाई बाक्लो बनाएका छन्।सोल्टी होटेलका प्रमुख लगानीकर्ता समेत रहेका पूर्व राजाले नेपालगन्ज उद्योग व्यापार संघका अध्यक्ष, पूर्वअध्यक्षहरु, नेपागन्जका प्रमुख उद्योगी व्यापारी तथा ठूला होटलका सञ्चालक तथा म्यानेजरसँग भेटघाट गरेका हुन्।

पूर्वराजाले भेट्न चाहेको भन्ने खबर पाएपछि उद्योगी व्यापारी तथा नेपालगन्जका ठूला होटलका सञ्चालकहरु शुक्रबार हतारहतार यहाँको कारकादोस्थित होटल सोल्टीमा पुगेका थिए।सोल्टी होटलका बोर्ड सदस्यहरु रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ तथा म्यानेजरले नेपालगन्ज उद्योग व्यापार संघका अध्यक्ष, पूर्वअध्यक्षहरु तथा नेपागन्जका प्रमुख उद्योगी व्यापारीहरु सोल्टीको व्यापार प्रवर्द्धनका विषयमा अन्तरक्रिया गरिरहेकै अवस्थामा ज्ञानेन्द्र पनि पुगेका हुन्। बैठक कक्षमा प्रवेश गरेर उनले सहभागीका कुरालाई ध्यानपूर्वक सुनेका थिए।

बैठकमा नेपालगन्ज लगायत पश्चिम नेपालमा कसरी पर्यटन प्रवर्द्धन गर्ने भन्नेदेखि ठूला होटलहरुको व्यापार वृद्धिबारे छलफल भएको थियो। बैठकपछि सहभागीहरुले पूर्वराजासँग सामूहिक फोटो खिचेका थिए। केही व्यापारीले भने सेल्फीसमेत भ्याएका थिए।पूर्वराजाको मुख्य चासो सोल्टी होटलको व्यापार प्रवर्द्धन कसरी हुन्छ भन्नेमै देखिएको सहभागी एक व्यवसायीले बताए।

पूर्वराजालाई भेट्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दला वैश्य पूर्वअध्यक्षहरु सुनिलकुमार शर्मा, अच्युत प्रसाई, संघका महासचिव अजय टन्डन, सदस्य सञ्जय थापा, उद्योगपति कनैयालाल वैश्य, प्रदीप छाजेड, शतिश गुप्ता, जडिबुटी व्यवसायी सञ्जय जैन, औषधि व्यवसायी अभयकुमार बस्नेत, होटेल व्यवसायी केशव न्यौपाने, देवानन्द अर्याल, दिपु अग्रवाल लगायतका उद्योगी पुगेका थिए।पूर्वराजाबाट निमन्त्रणा पाएपछि भारतस्थित पूर्वराजपरिबारका नातेदार तथा आफन्तहरु पनि नेपालगन्जमा आएका छन्।भारतीय सहर लखनउमा समेत नेपालका पूर्वराजाले नेपालगन्जमा भव्य होटल खोलेको भन्ने प्रचार भएको छ।बिहीबार साँझ नेपालगन्ज आइपुगेका पूर्वराजा केही दिन यतै रहनेछन्।

news source : pathivaranews.net

The post परिवारसहित नेपालगन्ज पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह,को खुल्यो एस्तो रहस्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2q1dlOL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top