Photo of Milford Sound in New Zealand

रुपन्देही – नवलपरासीको सुक्रौलीमा नेपालमै पहिलो पटक स्वदेशी कच्चा पदार्थबाट खाना पकाउने ग्याँस उत्पादन भएको छ । काम नलाग्ने कच्चा पदार्थबाट उक्त ग्याँस उत्पादन गरिएको छ ।

नवलरासीको सुक्रौलीमा रहेको ईन्भिपावर ईनर्जी एण्ड फर्टिलाईजर प्रालीले खानापकाउने ग्याँस उत्पान सुरु गरेको उधोगका संञ्चालक सन्दीप कुमार अग्रवालले बताए । स्थानीय स्तरमा पाईने कच्चापदार्थ गोवर कुखुराको सुली, किचनबाट निस्कने फोहर हरियो पात इत्यादीबाट ग्याँस उत्पादन शुरु गरिएको अग्रवालले बताए ।

दैनिक ८० सिलिन्डर उत्पादन गरेको उद्योगको क्षमता दैनिक एक सय पचास रहेको छ । प्रतिसिलिण्डर दश केजी ग्यास रहने छ । यसको हिटिड. क्षमता एलपि ग्यासको भन्दा बढी रहेको उधोगको दाबी छ ।खाना पकाउने एल.पि ग्यांसमा परनिर्भर रहेको अवस्थामा सुरु गरिएको यस उधोग छिट्र्टै चितवनमा समेत खोलिन लागेको संचालक अग्रवालले बताए ।

नेपालमा पहिलो पटक सफलताका साथ वायो ग्याँसको व्यवसायीक उत्पादन सुरु गरेका छौ, उनले भने । अग्रवालले २२ करोडको लागानीमा नवलपरासीको रामग्राम नगरपालिकाको वन्जरिया गाँउमा उद्योग स्थापना गरेका हुन । हरेक उद्योगको कच्चा पदार्थलाई भारतसंगको परनिर्भतालाई चिर्दै गाँउ शहरमा सडेगलेका फोहोर,गोवर,कुखुराको सुली,झारपातबाट दैनिक २ टन ग्यास उत्पादन गर्न सक्ने क्षमताको उद्योग स्थापना गरिएको उनले बताए ।

जर्मनी प्रविधिबाट निर्मित वायो ग्यांस उद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग गरी २ सय सिलिण्डर ग्याँस तयार गरिरहेको उद्योगका डा.अभिनव अग्रवालले जनाए । उद्योगले हाल व्यवसायीक प्रतिष्ठानका लागि मात्र विक्रि शुभारम्भ गरेको छ । पहिलो चरणमा व्यवसायीक विक्रि शुभारम्भ गरेको उद्योगले विगत ३ महिनादेखि भैरहवामा रहेको वामा तन्दुर्स र केपिएम चाईल्ड सेन्चरको किचनमा ग्याँसको परीक्षण गरेको छ ।

प्रति सिलिण्डर १० किलो ग्याँस रहने र उतm ग्याँसको प्रतिकेजी मुल्य ९० रुपैंया पर्ने जनाईएको छ । उद्योगले ५ महिना पछि घरायसी प्रयोजनमा समेत ग्याँस विक्रि गर्ने जनाईएको छ । यसरी प्रति सिलिण्डरको मुल्य ग्राहकले ९ सय तिर्नु पर्नेछ । एलपि ग्याँसको तुलनामा सुरक्षित, बढी तापक्रप भएको, सस्तो र सहज हुने उद्योगका प्रबन्ध निर्देशक सन्दिप अग्रवालले दावी गरे ।

करीब ३ विगाहा क्षेत्रफलमा स्थापना गरिएको उतm उद्यागले उत्पादनलाई दीर्घ बनाउनका लागि नजिकैको १५ विगाहा जग्गा भाडामा लिएर मकै खेती लगाएको छ । उतm मकैको विरुवा उद्योगबाट ग्यांस निकाल्नका लागि कच्चा पदार्थको रुपमा प्रयोग हुने अग्रवालले बताए । वर्षमा ३ देखि ४ पटक उत्पादन दिनसक्ने विषेश खालको मकै भएका कारण कच्चा पदार्थको अभाव नहुने उनको भनाई छ ।

यस्तै विभिन्न नगरपालिकाहरुसंग समन्वय गरी ल्याण्डसाईडको कुहिने फोहोर जम्मा गर्न सके यसलाई दीर्घकालिन रुपमा अगाडि बढाउन सक्ने बताए ।उद्योगले ग्यांस उत्पादन गरी वांकी रहेको पदार्थलाई प्रारांगिक मलको रुपमा प्रयोग गर्न सकिने अग्रवालले बताए । उद्योगमा चार जना ईन्जिनियर सहित ५० जनाले रोजगारी पाएका समेत अग्रवालले बताए । globalpatrika

The post नेपालमै पहिलो पटक खाना पकाउने ग्याँस उत्पादन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zpPlV3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top