Photo of Milford Sound in New Zealand

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई देशभरबाट सरकार गठनको ‘जनादेश’ प्राप्त भएको छ । निर्वाचनमा गठबन्धन र त्यसपछि पार्टी एकता गर्ने सहमतिका साथ एमाले र माओवादी मिलेर वाम गठबन्धन बनाए । निर्वाचन सकियो र दुवै दलको सोचेजस्तै परिणाम आयो । वाम गठबन्धनको पक्षमा देखिएको जनलहरले नेपालीले स्थायित्व र समृद्धि चाहेको र त्यसका लागि स्थायी सरकार बनाउन, एउटै कम्युनिष्ट केन्द्र बनाउन जनताले दिएको जनादेशको रुपमा बुझ्दा फरक नपर्ला । तर, प्रतिनिध तथा प्रदेशसभा निर्वाचनमा माओवादीको बुईँ चढेर ठूलो शक्ति बनेको एमालेले आफ्नो दम्भ थाम्न सक्छ कि सक्दैन भन्ने कुरा नै सरकार निर्माण र पार्टी एकताको आधार हो ।

प्रतिनिधिसभातर्फ ८० सिट जितेको एमालेले समानुपातिकमा पनि राम्रै सिट ल्याउने पक्का छ । उसले ३५ प्लस सिट ल्याएको खण्डमा एमालेको कुल सिट संख्या ११५ प्लस हुन्छ । तर, यो बुहमतका लागि काफी भने छैन । बहुमत पुर्याएर एक्लै सरकार चलाउन १३ ८ सिट आवश्यक पर्छ । त्यसैले माअ‍ोवादीलाई साथ नलिनुको एमालेसँग अर्को विकल्प छैन । तर, एमालेले सरकार र पार्टीमा माओवादी र उसका नेतालाई कुन हैसियतका साथ स्वकीकार्छ भन्ने अहिलेको मुल प्रश्न हो । यदि उसले हेपाहा प्रवृद्धि र दम्भ देखाउने हो भने माओवादी एमालेसँगको सहमतिबाट पछि हट्छ सक्छ । जुन एमालेका लागि घातक सावित हुने निश्चित छ ।

एमालेबिना यसरी बन्न सक्छ सरकार अहिले कुनै पनि दललाई बहुमत प्राप्त नभएकाले मिलिजुली सरकारको बिकल्प छैन । त्यसो त कांग्रेस र एमाले मिलेमा दुई तिहाई नै पुग्छ तर, त्यो सम्भव छैन । त्यसैले एमाले–माओवादी बाहेकको सरकारको बिकल्प खोजिन्छ भने त्यो हो कांग्रेस–माओवादी र मधेसवादी दलको संयुक्त सरकार । प्रतिनिधिसभातर्फ कांग्रेसले २३ सिट जितेको छ । समानुपातिकमा कांग्रेसको एमाले बराबर सिट आउने देखिन्छ । अर्थात, ३५ प्लस । सरसर्ती हेर्दा कांग्रेसको ६० सिट पुग्ने देखिएको छ ।

माओवादीको प्रतिनिधिसभातर्फ ३६ सिट छ । समानुपातिकमा उसको १५ सिट आउने निश्चित नै छ । यसरी उसको ५० प्लस सिट संख्या हुन्छ । सरकार गठनका लागि आवश्यक १३८ सिट यी दुई पार्टी मिलेपनि पुदैन । तर, मधेसवादी दलहरु यदि कांग्रेस–माओवादी मिलेमा उनीहरुसँगै आउने पक्का छ । यसो गर्दा समाजवादी फोरमको र राजपाको ११ सिट प्रतिनिभिसभामा छ । दुवैले थ्रेस होल्डसमेत कटाइसकेका छन् । यसरी यी दुईको जोड्दा करिब २८ वा २९ सिट हुन आउँछ भने कांग्रेस–माओवादीको जोड्दा ११० प्लस हुन्छ । उनीहरु मिलेमा १३८ मज्जाले पुग्छ । तर, एमाले–माओवादी अब कसरी अगाडि बढ्छन् भन्ने विषयले नै यसको निर्धारण गर्छ ।

kathmandutoday

The post एमालेले निहुँ खोजे यसरी बन्छ कांग्रेस–माओवादी सरकार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ChrsS5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top