Photo of Milford Sound in New Zealand

चलचित्र ‘प्रेमगीत २’ चर्चा यतिबेला सबैतिर चलिरहेको छ । ‘प्रेमगीत’ चलचित्रको सिक्वेल भएको कारणले पनि युवापुस्तामा यो चलचित्रलाई लिएर बढि नै क्रेज रहेको पाईन्छ । तीनओटा गीतहरु सार्वजनिक भईसकेको चलचित्रको अव एउटा गीतमात्र सार्वजनिक हुन बाँकी छ भने चलचित्रको ट्रेलर असारको पहिलो सातामा सार्वजनिक गरिने निर्माता सन्तोष सेनले बताएका छन् ।


यस्तैमा चलचित्रको ‘कहानी यो प्रेमगीतको…’ बोलको गीत सुटिङको क्रमको एक रमाईलो किस्सा बाहिरिएको छ । भिडियोको ३ मिनेट ३८ सेकेण्डमा एउटा सेतो पुल र सानो मन्दिर देखाइएको छ । जुन त्यहाँका राजा रानीको विवाह भएको स्मरणमा तयार पारिएको मन्दिर हो । त्यो स्थानमा सर्वसाधरण र पर्यटकलाई फोटो खिच्न समेत अनुमति दिईदैँनथ्यो तर ‘प्रेमगीत २’ लाई भने त्यहाँ चलचित्रको छायांकन गर्न समेत दिईयो । कारण के होला भनेर अचम्म मानिरहनु भएको होला यसको एकमात्र कारण भनेको बुद्ध जन्मेको देशबाट गएको हुनाले ।


थाइल्याण्डका अधिकांश नागरिक बौद्ध धर्मावलम्वी भएका कारण नेपालबाट गएको सुटिङ युनिटले सो स्थानमा सम्मानका साथ सुटिङ गर्न पाएका थिए । जहाँ अहिलेसम्म बलिउड र हलिउडका चलचित्रहरुसमेत छायांकन गर्न दिइएको छैन ।


एक मिडियासँगको अन्तरवार्तामा नायक प्रदिप खड्का र नायिका अश्लेषा ठकुरीले भने, ‘उनीहरुलाई छुन पाउनु पनि त्यहाँका मानिषहरुको लागि ठूलो कुरा थियो किनभने बुद्ध जन्मेको देशबाट आएको मान्छे साच्चै बुद्ध भगवान जस्तै पवित्र हुन्छ भन्ने उहाँहरुको बुझाई रहेछ । हामीलाई त्यहाँको सुरक्षा निकायले पनि सुटिङस्थलमा सिलबन्दि गरेर सुटिङ गर्न दिएको हामी कहिल्यै भुल्न सक्दैनौँ ।’


साउन १३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको निर्माता सेनले जानकारी दिए । आशुुसेन फिल्म्सको ब्यानरमा बनेको चलचित्रलाई पुरुपोत्तम प्रधानले खिचेका हुन् । चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

source:gazzabkoonline

http://ift.tt/2rWShIr

from SHYANE http://ift.tt/2sYBMdo
via IFTTT

0 comments:

Post a Comment

add

 
Top