Photo of Milford Sound in New Zealand

नेपालकी पहिलो महिला प्रशिक्षक पाइलट सविना श्रेष्ठ (३५) एअरबस, बोइङ जस्ता ठूला विमान उडाउन चाहन्छिन्।
काठमाडौं, मध्यबानेश्वरकी सविना श्रेष्ठ ११ वर्षकी छँदा पहिलो पटक हवाईजहाज चढेकी थिइन्। “यत्रो ठूलो चिज कसरी हावामा उडेको होला भनेर छक्क परेकी थिएँ”, हालै मात्र नेपालकै पहिलो महिला प्रशिक्षक पाइलट बनेकी सविना भन्छिन्, “त्यो बेलादेखि नै हवाईजहाजबारे कौतुहल थियो।”

सिद्धार्थ वनस्थली स्कूलबाट एसएलसी उत्तीर्ण सविनाले अमेरिकाको टेक्सासमा उडान तालीम लिएकी थिइन्। एक वर्षअघि अमेरिकाकै महिला पाइलटको अन्तर्राष्ट्रिय संस्था ‘नाइन्टी नाइन्स’ ले प्रदान गरेको छात्रवृत्तिले उनलाई अहिले नेपालको पहिलो महिला प्रशिक्षक पाइलट बनाएको हो।“आमाले सधैं मलाई यो काममा प्रोत्साहन गर्नुभयो”, उनी भन्छिन्, “मैले झै परिवारको साथ पाउने हो भने उड्डयन क्षेत्रमा महिलाको संख्या बढ्नेथियो।”
उनको उडान यात्रा भने १४ वर्षअघि यती एअरलाइन्सबाट शुरु भएको हो। त्यसयता उनले नेपालका अधिकांश विमानस्थलमा उडान भरेकी छन्। कनिष्ठ, सहायक र क्याप्टेनहुँदै प्रशिक्षकसम्म बनेकी उनलाई सबैभन्दा आनन्द नै जहाज उडाउँदा लाग्छ।

“विदेशी यात्रु समेत ‘वाउ! फिमेल पाइलट’ भन्दै कुरा गर्न आउँछन्। यस्तो प्रोत्साहनले ऊर्जा दिन्छ”, उनी भन्छिन्। प्रशिक्षक पाइलट बनेयता सविनाको जिम्मेवारी थपिएको छ। अब उनले नयाँ पाइलटलाई तालीम, हवाईजहाजको इन्जिन जाँच्ने, परीक्षण उडान गर्ने जस्ता काम गर्नुपर्नेछ।
एउटा सपना त पूरा भयो, अब उनी अर्को सपना पूरा गर्ने तयारी गरिरहेकी छन्। ट्वीनअटर, जेट स्ट्रिम ४१ जस्ता साना जहाज उडाइरहेकी उनी एअर बस र बोइङ उडाउन चाहन्छिन्। “ती पनि उडाउँछु एक दिन, नसिकिने के छ र?” एक छोरीकी आमा सविना भन्छिन्।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rrRXOb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top