Photo of Milford Sound in New Zealand

मुठ्ठी भरी चना लिनुहोस् र यसलाई राम्रोसँग सफा गर्नुहोस् । त्यसमा पानी हाल्नुहोस् र रातीभरी भिज्न दिनुहोस् । बिहान चना निकालेर राम्रोसँग चपाएर खानुहोस् । चाहनुहुन्छ भने पानीलाई पनि छानेर पिउनुहोस् । यसले यस्ता फाइदा हुने छन् –

ताकत र ऊर्जाः

भिजाएको चना ताकत र ऊर्जाको निकै राम्रो स्रोत हो । यसको दैनिक सेवन गर्नुहुन्छ भने कमजोरी हट्छ ।

कब्जियतबाट राहतः

भिजाएको चनामा अत्यधिक फाइबर हुन्छ । यसले पेट सफा गर्छ र पाचन क्रियालाई सुधार्ने काम गर्छ ।

बढ्नेछ शुक्राणुः

बिहान १ चम्चा चिनीसँगै एक मुट्ठी चना भिजाएर खाँदा शुक्राणु बढ्छ ।

बढ्नेछ प्रजनन क्षमताः

दैनिक बिहान मुट्ठीभरी चना खाँदा प्रजनन क्षमता बढ्छ ।

पिसाबको समस्याः

भिजाएको चनासँगै गुँद खाँदा पटक–पटक पिसाब लागिरहने समस्या ठिक हुन्छ । पाइल्सबाट पनि राहत मिल्छ ।

स्वस्थ छालाः

नुन नहाली भिजाएको चना मज्जाले चपाएर खाँदा छाला स्वस्थ र चम्किलो हुन्छ । चिलाउने, डाबर आउनेजस्तो स्वास्थ्य समस्या हट्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rhzlAq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top