Photo of Milford Sound in New Zealand

अभिनेत्री संचिता लुईँटेल र अभिनेता निखिल उप्रेतीका छोरा अथर्व उप्रेती भदौ ४ गतेबाट ६ वर्ष लाग्दैछन् । तर अथर्वले यस पटकको जन्मदिन भने जन्मेको महिना र गते भन्दा अगाडि नै मनाएका छन् । भदौ ४ गते जन्मेका अथर्वले यस पटकको जन्म दिन साउन ३० गते कृष्ण जन्माष्टमीको दिन मनाएका छन् । खास कुरा के भने अथर्व आज भन्दा पाँच वर्ष अघि भदौ ४ गते श्री कृष्ण जन्माष्टमीको दिनमा जन्मेका थिए । अथर्वका बुवा निखिल र आमा संचिताले उनको जन्मदिन उनकै स्कुलका मनाईदिएका छन् । ‘यस पटक उसको जन्मदिन भव्य तरिकाले मनाउने सोच थिएन हाम्रो । त्यहि भएर हामीले आफन्तहरुलाई पनि बोलाएनौँ । तर स्कुलका साथीसाथी बीच कसले कसरी वर्थ डे मनायो भनेर छलफल भईरहने हुनाले हामीले उसको खुशीको लागि उसकै साथीहरुमाझ केक काट्यौँ’, संचिताले भनिन् ।

संचिताले अथर्वका जन्मदिनका केही तस्बिरहरु सामाजिक सञ्जाल फेसबुकमा पनि सेयर गरेकी छिन् । चाख लाग्दो कुरा के छ भने अथर्वको जन्मदिनको केकमा गाडी सजाईएको छ । यस्तो यस वर्ष मात्रै गरिएको भने हैन । उनको हरेक जन्मदिनको केकमा यसरी नै गाडी सजाउँदै आईएको छ । यसको रहस्य के हो ? भनेर हामीले संचितालाई सोध्यौँ । यसको जवाफमा उनले भनिन्, ‘उसलाई पहिले देखि नै गाडीमा एकदमै धेरै लगाव छ । घरमा पनि ऊ गाडीका पार्ट पूर्जाहरु तोडेर त्यसलाई जोडेर बस्ने गर्छ । कहिले काही बाहिर जाँदा पनि उसको आँखा गाडीमै पर्छ ।

उसको स्कुलमा चाईनिज भाषा पनि हल्का सिकाईन्छ त्यस कारण उसले चाईनिज पनि बुझछ । अनि चाईनिज भाषामै युट्युबमा हेर्छ । चाईनिज भाषामा गाडीहरु कसरी बनाईन्छ भनेर सिकाएका भिडियोहरु हेर्छ र त्यस्तै गाडी बनाउँछु भन्छ । गाडी बनाउँदा प्रयोग गरिने हरेक पार्टपूर्जाहरुको नाम उसलाई थाहा छ । उसले त विदेशमा प्रयोग हुँदै आएको डबल डेकर बस बनाउँछु भन्छ जुन नेपालमा आएकै छैन ।’

६ वर्षिय अथर्वलाई गाडीहरुमा एकदमै धेरै रुचि छ । उनी हरेक किसिमका गाडीहरुको डिजाईन र ब्राण्डहरुको बारेमा जानकार छन् । कहिले काही बाहिर जाँदा बाटोमा गुड्ने हरेक गाडीको ब्राण्ड भन्न सक्ने खुबी उनमा भएको संचिता बताउँछिन् । अथर्वलाई प्राय आफन्तहरुले उपहार ल्याई दिँदा समेत गाडी नै ल्याईदिने गरेका छन् ।

कुराकानीका क्रममा संचिताले छोराको स्कुलको रमाईलो प्रसंग हामीसँग बाँडिन् । ‘अथर्वलाई उसको स्कुलको शिक्षकले गाडीमा कतिवटा पाँङग्रा हुन्छ ? भनेर सोध्दा उसले पाँचवटा भन्यो । पछि सरले कसरी ? भनेर फेरि प्रश्न गर्नु भयो । अनि उसले चारवटा गुडिरहेको हुन्छ अनि एउटा चाहि कि त डिक्कीमा हुन्छ कित हुटमा हुन्छ भनेर जवाफ दियो । यो कुरालाई मलाई मात्रै हैन उसको शिक्षकलाई समेत प्रभावित बनाएको थियो’, संचिताले भनिन् ।

संचिता र निखिलकी एक छोरी पनि छन् सान्भी । सान्भी भदौ ४ गतेबाट ५ वर्ष लाग्दैछन् । विवाह पछि लगातार दुई सन्तानलाई जन्मदिएर हुर्काएकी संचिता अहिले छोराछोरीलाई स्कुल पठाएर सिनेमाको लागि समय दिईरहेकी छिन् ।source:gufgaf

The post ६ वर्षमै संचिता र निखिलका छोरा भन्छन्– डबल डेकर बस बनाउँछु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uKtV3x
via IFTTT

0 comments:

Post a Comment

add

 
Top