Photo of Milford Sound in New Zealand

अनशनकै बीचमा ठूलो बाढीपहिरोबाट देशभर जनधनको क्षति भएको खबर सुनेसँगै डा. गोविन्द केसीले आज अनशन स्थगित गर्ने भएका छन्।

सोमबार मात्र बाढीले पर्याएको क्षति सुनेपछि डा. केसी अनशन स्थलमा अचानक डाँको छाडेर रोएका थिए। यसअघि केसीले देशविदेशमा आइपर्ने जस्तोसुकै मानवीय विपत्तिमा पुगेर निःशुल्क उपचार तथा राहत वितरण गर्दै आएका थिए। केसीले अनशन अन्त्य नगरी स्थगित गरेका हुन्।

यो बीचमा माग पुरा नभए बाढी पीडितको अवस्था समान्य भपछि पुनः अनशन बस्ने भन्दै केसीले अनसन रोकेका हुन्।

अहिले बसिरहेकफो मन्त्रिपरिषद बैठकले केसीलाई अनशन स्थगित गर्न आग्रह गर्ने छ। सरकारले एलओआइ पाएका कलेज खरिद गर्न समेत समिति बनाउने तयारी थालेको छ।

केसीले सबै जनालाई बाढी पीडितको उद्वार र सहयोगमा लाग्न समेत आव्हान गरेका छन्।

यस अघि सरकारले आइओएममा रिक्त रहेको पूर्णकालिन सहायक डिनमा नियुक्ति गरिसकेको छ। आइएएमको खोसिएको अधिकार फिर्ता गर्न त्रिभुवन विश्वविद्यालय सहमत भएको पत्र प्राप्त हुनुलाई केसीले सकारात्मकरुपमा लिएका छन्।

रसुवा स्याप्रुबेसीकी ६ वर्षीय सोनम तामाङले २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसन तोडाउने भएकी छन्।

प्यारामाउन्ट स्कुल कक्षा युकेजीमा अध्ययनरत तामाङले जुस खुवाएर डा. केसीको सत्याग्रह स्थगन गराउने भएकी हुन्।

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका मागहरु राखेर पछिल्लो २३ दिनदेखि सत्याग्रहमा रहेका केसीलाई उनले केही बेरमा जुस खुवाउने भएकी छन्। setopati

The post डा. केसीले अनसन स्थगित गर्दै, को हुन् उनलाई अनसन तोडाउने बालिका? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vA8SDI
via IFTTT
15 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top