Photo of Milford Sound in New Zealand

सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म अनुरागको छायाँकन दुई वटा गीत बाँकी राखेर सकाइएको छ । दरबारमार्गको एक क्लबमा गरिएको ’कान्छा दाई गाना बजाइ देऊ न’ बोलको गीतमा एलिजा गौतम र कार्टुञ्ज क्रुजका सरोज अधिकारी फिचरिङ छन् ।

ताराप्रकाश लिम्बुको संगीत रहेको उक्त गीतमा तारा र ममता गुरुङको स्वर छ । भिडियाको कोरियोग्राफी बिक्रम स्वारले गरेका छन् । भिडियो चाँडै नै सार्वजनिक गर्ने निर्देशक सत्यराज चौलागाईंले बताए । ‘अनुराग’ मा एलिजाको अपोजिटमा नव नायक समुन्द्र पण्डित प्रस्तुत भएका छन् ।

एरिका फिल्म्सको ब्यानरमा बनेको अनुराग सांगीतक प्रेम कथा बोकेको फिल्म हो । किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको फिल्ममा रामकुमार के.सीको छायांकन छ ।

The post कार्टुञ्ज क्रुका सरोजसँग धमला पत्नीको रोमान्स appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Dy8XfY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top