Photo of Milford Sound in New Zealand

तपाइले पक्कै पनि यस्तो देशको बारेमा सुन्नुभएको हुनसक्छ । जहाँ बजारमा सामान किन्न जाँदा बोरा भरि पैसा कोचेर जानु पर्छ र घर फर्किदा १ किलो सामान लिएर फर्किनु पर्छ । अर्थात सामानको तौल भन्दा पैसाको तौल धेरै तिर्नु पर्ने देश ।

यो देशको नाम हो जिम्बाबे, जिम्बावेमा सबै कुरा एकदमै महँगो छ, यो महंगी निर्वतमान राष्ट्रपति रोबर्ट मुगाबेको अदूरदर्शी निर्णय तथा कदमको कारण हुन गएको हो ।

अहिले पनि यहाँका सबैभन्दा गरिब मानिसहरुको साथमा करोडौं डलर हुने गर्छ । तरै पनि उक्त पैसाले आफुलाई चाहिने सामान खरिद गर्न सक्दैनन् । किनकि यो देशको पैसाको भ्याल्यु निकै कम छ । कुनै समय ५ अमेरिकी डलर बराबर एकहजार लाख करोड जिम्बावे डलर हुन्थ्यो ।

यस्तो हुनुमा त्यहाको सरकारको अदूरदर्शी निर्णय थियो । सन् १९८० तिर आर्थिक मन्दीको समयमा जब उनीहरु सित पैसाको कमी हुन लाग्यो त्यतिबेला सरकाले अन्धाधुन्ध पैसा छापे र जनतालाई बाडीदिए । जसको फलस्वरूप जनतासंग खानेकुरा भन्दा पैसा धेरै हुन गयो र धेरै पैसा तिरेर मालसामान किन्न लागे र पैसा धेरै भएकै कारण बिस्तारै बिस्तारै सानो सानो सामान खरिद गर्नको लागी पनि झोलाभरि पैसा बोकेर जानु पर्ने स्थिति सिर्जना भयो ।

पैसाको अभाव भएको बेला जिम्बावेको सरकारले पैसा छाप्नु भन्दा पनि अन्नपानी/मालसामानको उत्पादनमा ध्यान दिएर जनतालाई पुर्याउन सकेको भए यस्तो स्थिति सिर्जना हुने थिएन । त्यसैले जिम्बावेको यो घटनाले पैसा नै सबै थोक होइन भन्ने पाठ सिकाएको छ ।

जिम्बावेमा पैसाको मूल्य घट्ने क्रम सन् १९८० देखि २००९ सम्म लगातार चलिरह्यो । जसलाई सरकारले नियन्त्रण गर्न सम्भब थिएन त्यसैले उसले अमेरिकी डलर, रसियन डलर, जापानी एन, चाइनिज युआन, इन्डियन रुपैयाँ, साउथ अफ्रिकी रेंड जस्ता मुद्राहरुको औपचारिक प्रयोग गर्न थाल्यो, र अहिले आएर यो देशले बिटक्वाइनलाई पनि मान्यता दिएर मौद्रिक कारोबार गरिरहेको छ ।

The post लाखौँ डलर तिर्दा पनि एकमुठा साग समेत किन्न नसकिने देशका अभागी जनता, झोला भरी पैसा लिएर बजार गयो फर्किदा झोलाको पीदमा समान हुन्छ ! कुन देश होला त्यो ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ndTCqz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top