Photo of Milford Sound in New Zealand

काठमाडौं, २० पुस । यतिबेला दुईवटा चलचित्रको गीत युट्युबमा तीव्र प्रतिस्पर्धामा छन् । दुवैबीच १ र २ नम्बर ट्रेन्डिङको होडबाजी चलिरहेको छ ।
अहिले अनमोल केसी स्टारर ‘कृ’ को ‘यति यति पानी’ गीत नम्बर वान ट्रेन्डिङमा छ । सो गीतमा अनमोलले क्लब डान्स गरेका छन् । जसलाई मह सञ्चारको शत्रुगतेको ‘रुपै मोहनी’ ले पछ्याइरहेको छ । हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, पल शाह र आँचल शर्मा अभिनित ‘रुपै मोहनी..’ दोस्रो नम्बर ट्रेन्डिङमा छ ।

रमाइलो त के छ भने ‘शत्रुगते’ को ‘रुपै मोहनी’ तथा ‘कृ’ को ‘यति यति पानी…’ गीतले २०–२० लाख भ्युज पाएका छन् । ‘रुपै मोहनी’ लाई २० लाख ७५ हजारले हेरेका छन् ।

‘कृ’ को ‘यति यति पानी’ लाई २० लाख ४६ हजारले हेरेका छन् । दुई दिनको अन्तर पारेर युट्युबमा सार्वजनिक गरिएको यी दुईमध्ये कुन गीत अगाडि जाला भनेर अहिले नै भन्न सक्ने अवस्था भने छैन ।

The post युट्युब ट्रेन्डिङमा शत्रुगतेको ‘रुपै मोहनी’ र कृको ‘यति यति पानी’ बीच कडा टक्कर, दुवैलाई २० लाख भ्युज appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qwAOHM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top