Photo of Milford Sound in New Zealand

फाल्गुन २, काठमाण्डौं, 
आस्था व्याण्डका गायक नरेन लिम्बु अब दुर्गिश फिल्मस्को व्यानरमा बन्न लागेको नया चलचित्र "लाउरे" मा मुख्य भूमिकामा देखिने भएका छन् ।
नेपालि पप गायन क्षेत्रमा ख्याति कमाइ सकेका नरेनलाई आज निर्माता सुनिल रावलले लाउरेका लागि अनुबन्धित गरि सम्झैता समेत गरेका छन् । निगम श्रेष्ठको निर्देशनमा बन्ने चलचित्र लाउरेमा नरेनका अलावा श्रृष्टी श्रेठ, विक्रम सिंह, मेरुना मगर सुमन चित्रकार लगायतका कलाकारहरुको अभिनय रहने छ ।
Monetize your website traffic with yX Media
यस भन्दा अगाडि चलचित्र जेरीको एउटा गीतमा देखीएका नरेन अब भने लाउरेमा एउटा बलियो भूमिकामा देखीदै छन् । गायन क्षेत्रमा स्थापित भइसकेका उनि अभिनयको क्षेत्रमा पनि स्थापित हुन्छु भन्ने आत्मविस्वाका साथ लाउरेमा अभिनय गर्न लागेको नरेनले बताए ।
यस चलचित्र निर्माणमा सुनिल रावललाई जापानमा व्यवसाय गर्दै आइरहेका सुवास लामिछाने, ईश्वर श्रेष्ठ र तुफान गौचनले सघाएका छन् । आलोक शुक्लाको छायांकन रहने लाउरेमा जेशन कुँवर (नाइट व्याण्ड)को संगीत रहने छ । चलचित्रलाई चैत्र १५ देखी काठमाण्डौं, धरान र दार्जलिङमा छायांकन हुने जनाइएको छ ।
Monetize your website traffic with yX Media



via IFTTT

from SHYANE http://ift.tt/2kogH6h
via IFTTT

0 comments:

Post a Comment

add

 
Top