Photo of Milford Sound in New Zealand

माघ २० । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राती भएको खेलमा म्यानचेस्टर सिटी विजयी हुँदा म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।


लण्डन क्लब वेष्ट ह्याम युनाईटेडको मैदानमा भएको खेलमा म्यानचेस्टर सिटी ४-० ले विजयी भएको हो ।
खेलमा म्यानचेस्टर सिटीलाई विजयी गराउन केभिन डे ब्रायन, डेभिड सिल्भा, ग्याब्रिएल जिसस र याया टुरेले एक–एक गोल गरे ।
राती नै भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेडले भने हल सिटीसँग गोलरहित बराबरी खेलेको छ । यसैगरी स्टोक सिटीले एभर्टनसँग १-१ गोलको बराबरी खेलेको छ ।
रातिका खेलपछि प्रिमियर लिग फुटबलमा २३ खेलबाट ५६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ ।
समान खेलबाट ४७/४७ अंक जोडेका टोटनह्याम हट्सपर र आर्सनल क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।
चौथो स्थानको लिभरपुलको भने ४६ अंक छ । समान ४६ अंकको साथ म्यानचेस्टर सिटी पाँचौ स्थानमा रहँदा छैठौं स्थानको म्यानचेस्टर युनाईटेडको ४२ अंक छ ।


from ARENA http://ift.tt/2kVZfrA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top