Photo of Milford Sound in New Zealand

इटहरीका युवक थानेश्वर गुरागाईले ७ केजीको काठ काट्ने मेसिन च्यूँडोमा राखेर ५ मिनेट ७ सेकेण्डसम्म अड्याएर गिनिज बुक अफ द ओल्र्डका लागी पन्धौ विश्व रेकर्ड कायम गरेका छन । इटहरीकोे विश्व आदर्श कलेजको मैदानमा गुरागाईले यस अघि टेनिस रेकर्ड फ्रिटाईम्स, तीन पटक बास्केटबल लगायत विभिन्न १४ बिधामा विश्व रेकर्ड कार्य गरी नेपालको इतिहास कायम गरेका थिए । 
गुरागाईले यसअघि १ मिनेटको विश्व रेकर्ड तोड्दै ७ केजी तौलको काठ काठ्ने मेसिन च्यूडोमा अड्याएर उक्त सफलतासँगै रेकर्ड बनाएका हुन । पन्ध्र विधामा विश्व रेकर्ड कायम गरिसकेका गुरागाईले अरु थुप्रै विषयमा विश्व रेकर्ड बनाउने अभियानमा अहोरात्र लागिरहेको उनको भनाई छ । लियो क्लवको आयोजना तथा राष्ट्रिय जागृति क्लव लगायतको विभिन्न सामाजिक सङ्घ संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा गुरागाईले उक्त रेकर्ड कायम गरेका थिए । 
हेर्नुस रेकर्ड राख्दाखेरिको भिडियो :
Monetize your website traffic with yX Media




via IFTTT

from SHYANE http://ift.tt/2l1hVse
via IFTTT

0 comments:

Post a Comment

add

 
Top