Photo of Milford Sound in New Zealand

फागुन २ । अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजनका क्लबमा यही वर्षदेखि ए.एफ.सी क्लब लाइसेन्स लागु गर्ने भएको छ । यसैको तयारी र छलफलका लागि एसियाली फुटबल महासंघ ए.एफ.सी का प्रतिनिधि नेपाल आएका छन् ।

एएफसीका क्लब लाइसेन्सिङका प्रमुख महाजन वासुदेभन नायरसँग आइतबार भएको छलफलका क्रममा एन्फाले यसै वर्षदेखि क्लव लाईसेन्स लागु गर्ने जानकारी गराएको हो ।
छलफलका क्रममा ए डिभिजन क्लबका प्रतिनिधि पनि सहभागी थिए । एएफसीले फुटबल क्लब तथा फुटबल संघलाई यसको कार्यान्वयन चरणमा सहयोग गर्ने जनाएको छ ।
एएफसीले क्लब लाइसेन्सको मापदण्ड नपुग्ने क्लबलाई आगामी वर्षदेखि क्लब स्तरको कुनै पनि प्रतियोगितामा सहभागी हुन नदिने निर्णय गरिसकेको छ ।
क्लब लाइसेन्स पाउन नेपालका ए डिभिजन क्लबले खेलकुद, पूर्वाधार, प्रशासन, कानुनी, आर्थिकलगायत क्षेत्रमा एएफसीले तोकेको न्यूनतम मापदण्ड पूरा गर्नुपर्नेछ ।


from ARENA http://ift.tt/2l9W5CV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top