Photo of Milford Sound in New Zealand

माघ २६ । जर्मन फुटबल खेलाडी फिलिप ल्हामले यही सिजनको अन्त्यबाट संन्यास लिने घोषणा गरेका छन् ।

सन् २०१४ मा जर्मनीलाई विश्वकप फुटबलको उपाधि जिताएका कप्तान ल्हामले व्यावसायीक फुटबल जिवनबाट बुट थन्क्याउने घोषणा गरेका हुन् ।
जर्मन फुटबल क्लब बायर्न म्युनिखबाट खेल्दै आएका ल्हामको करार अवधि अर्को वर्षसम्म थियो । तर, आफ्नो करार अवधिको एक वर्ष बाँकी छँदै ल्हामले क्लब र राष्ट्रको जर्सीबाट विदा हुने तयारी गरेका हुन् ।
ल्हामले बायर्न म्युनिखबाट ५ सय १ खेल खेलेका छन् । जर्मन राष्ट्रिय फुटबल टोलीबाट १ सय १३ खेले खेलेका ल्हामले एक पटक विश्वकप फुटबल, ७ पटक जर्मन बुन्डेस लिगा, ६ पटक जर्मन कप फुटबल र एक पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेका छन् ।
ल्हानलमे जर्मन क्लब बायर्न म्युनिखको सिनियर टोलीमा सन् २००२ मा डेब्यु गरेका थिए ।


from ARENA http://ift.tt/2kldYvt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top