Photo of Milford Sound in New Zealand

फागुन १८ । इटालीयन कप फुटबल अन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा युभेन्टसले नापोलीलाई हराएको छ ।  

आफ्नै मैदानमा भएको खेलमा युभेन्टसले नापोलीलाई ३-१ ले हराएको हो । खेलमा युभेन्टसलाई विजयी गराउन पाउलो डिबालाले पेनाल्टीमार्फत दुई गोल गर्दा गोन्जालो हिगुवानले एक गोल थपे ।
पराजित टोली नापोलीका लागि होजे कालेयोनले एक गोल फर्काए । जीतसँगै युभेन्टसले ईटालीयन कप फुटबलको फाइनल प्रवेशको संभावना बलियो बनाउँदा नापोलीको यात्रा कठिन बनेको छ ।
इटालियन कप फुटबलको दोस्रो सेमीफाईनल खेलमा लाजियो र रोमा भिड्नेछन् ।


from ARENA http://ift.tt/2mIl2Tx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top