Photo of Milford Sound in New Zealand

फागुन १४, धरान,
पाँचौं नेवा च्यारिटी ८ किमि धरान रन प्रतियोगिताको उपाधि भारतीय सेनामा कार्यरत् बाग्लुङका तीर्थ पुनले जितेका छन् । सुनसरीको धरानमा शनिबार सम्पन्न प्रतियोगितामा पुनले निर्धा्रित् दुरी २६ मिनेट ३ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् । 
उपाधिसँगै उनले ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा नेपाली सेनाका होमलाल श्रेष्ठ दोस्रो भए भने सेनाकै टिकाराज कटुवाल तेस्रो भए । महिला खुलातर्फ नेपाली सेनाकी सानुमाया कार्कीले निर्धा्रित् दुरी ३४ मिनेट ३ मिनेटमा पार गर्दै पहिलो भइन् भने बाग्लुङकी सन्तोषी श्रेष्ठ दोस्रो र जुम्लाकी सीता न्यौपाने तेस्रो भइन् । पुरुष, महिला दुबैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । ४० वर्षमाथिको पुरुष भेट्रानमा भने निर्मल राई प्रथम भए । 
हेर्नुस प्रतियोगिताको केहि रमाईलो दृश्यहरु :
Monetize your website traffic with yX Media




via IFTTT

from SHYANE http://ift.tt/2lkYo3v
via IFTTT

0 comments:

Post a Comment

add

 
Top