Photo of Milford Sound in New Zealand

माघ २४  । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबले सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ मा महिलातर्फ विजयी सुरुवात गरेका छन् ।

प्रतियोगिताको दोश्रो दिन भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले नेपाल आर्मीलाई २५–९, २५–१७ र २५–१८ को सोझो सेटमा पराजित गर्दै जितलाई आत्मसाथ ग¥यो । यसका साथै एपिएफको खातामा तीन अंक जोडिएको छ ।

लिगको आधारमा खेलाईएको प्रतियोगिताको दोश्रो खेलमा नेपाल पुलिस क्लबले भारतको उत्तर प्रदेश भलिबल संघलाई २५–७, २५–२० र २५–१६ अंकका साथ सहजै ३–० को सोझो सेटमा पराजित गर्न सफल भएको छ । नेपाल पुलिसले पनि आफ्नो खातामा तीन अंक जोड्न सफल भयो ।

यसअघि पूर्वमन्त्री किरण गुरुङ्गले रेफ्रि विकास गुरुङ्गलाई बल हस्तान्तरण गर्दै खेलको सुरुवात गरेका थिए ।

करिब ३५ लाख लागतको प्रतियोगितामा नेपालका पाँच र भारतको एक गरि महिलातर्फ ६ टिमको सहभागिता छ ।

सोमबार पहिलो खेल महिला तर्फ पश्चिमाञ्चल र एपिएफबीच ९ः३० बजे तथा नेपाल पुलिस र न्यू डायमन्ड एकेडेमीबीच १ः३० बजे हुनेछ भने पुरुष तर्फको खेल हेल्प नेपाल स्पोर्टस् क्लब र एपिएफबीच ११ः३० बजे तथा नेपाल पुलिस र पश्चिमाञ्चलबीच ३ः३० बजे हुने प्रतियोगिता संयोजक डि.बी. नेपालीले जनाएकका छन् ।



from ARENA http://ift.tt/2kwMwLY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top