Photo of Milford Sound in New Zealand

फागुन १३, काठमाण्डौ,
एलिशा राईले युवापुस्तामा विशेष गरी टिनएजरमा योर स्टाइल युट्युब च्यानलमा अपलोड भएका सर्ट फिल्मबाट पहिल्यै आफ्नो पहिचान बनाइसकेकी थिइन् । भर्खरै १९ पार गरेर २० मा टेकेकी एलिशालाई अहिले चलचित्र ‘लुट–टु’को ठमेल बजार गीतकी डान्सरका रूपमा चिनिन्छ । सर्टफिल्मबाट म्युजिक भिडियो र त्यसपछि ‘लुट–टु’, एलिशाले सानै उमेरमा सफलताको लामो यात्रा तय गरिसकेकी छिन् । ‘लुट–टु’को गीत ‘ठमेल बजार’ले युट्युबमा १ करोड भ्युज पाउँदा–नपाउँदै एलिशा राई पछिल्लो पुस्ताको ‘फेभरेट’ भैसकेकी छिन् । 
७० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी एलिशा अहिले म्युजिक भिडियो निर्देशकहरूको पहिलो रोजाईमा परिरहेकी छिन् । जन्मथलो खोटाङ भए पनि उनी काठमाडौंको कपनमा हुर्किइन् । पढाइमा अब्बल एलिशाले प्लस टुसम्म बाइलोजी पढे पनि आफ्नो रुचि कलामा भएकाले उनी अहिले ग्राफिक डिजाइनिङमा स्नातक तह अध्ययनरत छिन् । ‘लुट–टु’मा दर्शकले रुचाए मात्र चलचित्र करियरलाई अघि बढाउने सोच बनाएकी एलिशाले प्रेमसम्बन्धका बारेमा भनिन्– ‘केटी भएर जन्मिएकी छु, प्रेमप्रस्तावहरू आउनु स्वभाविक हो । अझ चर्चामा आएपछि यसै पनि धेरैको नजरमा परिने रहेछ, तर मलाई तत्काल त्यस्तो चक्करमा परेर समय बिताउनु छैन ।’
Monetize your website traffic with yX Media
तस्बिर : महेश प्रधान
हेयर एन्ड मेकअप : अम्बु रुचाल, मिरर ब्युटी स्टुडियो, मैतीदेवी 
पहिरन : पिजेज कलेक्सन, मायालु सेन्टर, दरबारमार्ग
एसेसरिज : दीपेन्द्र श्रेष्ठ, शंकर रुद्राक्ष भण्डार, पशुपति, देवपाटन
लोकेसन : श्लेषमान्तक वन, पशुपति
                                                                                                                        कान्तिपुर साप्ताहिक बाट !
Monetize your website traffic with yX Media
Monetize your website traffic with yX Media



via IFTTT

from SHYANE http://ift.tt/2mkMKX0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top