Photo of Milford Sound in New Zealand

फागुन९  । धरान फुटवल क्लव नीलो धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनल प्रबेश गरेको छ ।

धरान– १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आइतबार भएको खेलमा कास्की–११ पोखरालाई ३–० गोलले पराजित गर्दै धरानले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
धरानको जितमा खेलको १४ औं मिनेटमा रजिन सुब्बा, २८ मिनेट प्रकाश बुढाथोकी र ६९ मिनेटमा बुद्ध चेम्जोङले एक एक गोल गरे ।
धरान विरुद्ध सुरुवात देखि नै आक्रमक रुपमा प्रस्तुत भएको पोखराले भने गोल गर्ने चारवटा अवसर पाउँदा समेत गोल गर्न सकेन् ।
खेलको म्यान अफ दि म्याच धरानका रजिन सुब्बा घोषित भए । उनले नगद ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । आज को क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लव र संकटा क्लवबीच हुने छ ।


from ARENA http://ift.tt/2lYVp4A
via IFTTT

0 comments:

Post a Comment

add

 
Top