Photo of Milford Sound in New Zealand

फागुन ४ । बंगलादेशमा अन्तर्राष्ट्रिय क्लब फुटबल प्रतियोगिता खेल्न जाने मनाङ–मर्स्याङ्दी क्लबका खेलाडी तथा अफिसियलहरुको बिदाइ गरिएको छ ।

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै मनाङ–मर्स्याङ्दीले शेख कमल अन्तर्राष्ट्रिय क्लब कप खेल्न जाने आफ्ना खेलाडी तथा अफिसियलहरुलाइ बिदाइ गरेको हो ।

आगामी फागुन ७ गते देखि सुरु हुने प्रतियोगितामा विभिन्न राष्ट्रका ८ फुटबल क्लबहरुले प्रतिस्पर्धा गर्दैछन् ।

मनाङ–मर्स्याङ्दी रहेको समूह ‘बी’मा बंगलादेशका दुई तथा अफगानिस्तानका एक क्लब रहेका छन् ।

समूह ‘ए’मा बंगलादेशका दुई, माल्दिभ्स र दक्षिण कोरियाका एक–एक टोली रहेका छन् ।

बिदाइ कार्यक्रममा बोल्दै मनाङका कप्तान अनिल गुरुङले पछिल्लो समय टोली फर्ममा रहेको र शसक्त रहेको भन्दै सुखद् नतिजा निकाल्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।



from ARENA http://ift.tt/2kvbeLn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top