Photo of Milford Sound in New Zealand

माघ २६ । अहिलेसम्मकै ठूलो धनराशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको तयारी तिव्र पारिएको छ ।

धनगढी क्रिकेट लिग र एसपीए कप क्रिकेट प्रतियोगितालाई गाभेर नयाँ स्वरुपमा सञ्चालन गर्न लागिएको धनगढी प्रिमियर लिगका लागि मैदान निर्माणको काम दु्रत गतिमा भइरहेको हो ।
लिगको मुख्य प्रायोजक सगरमाथा सिमेन्ट र सह–प्रायोजक जगदम्बा इन्टरप्राईजेजका साथै अन्य प्रायोजकहरुसँग सम्झौता भएपछि प्रतियोगितालाई सफल बनाउन आयोजक खेलको तयारीमा जुटेको हो ।
ट्वेन्टी–ट्वेन्टी स्वरुपमा खेलाइने प्रतियोगितामा ६ टोलीले अक्सनका आधारमा खेलाडी प्रशिक्षण गराइरहेका छन् ।
मैदानको काम बाहेक ७० प्रतिशत तयारी सकिएको धनगढी प्रिमियम लिगका संयोजक सुवास शाहीले जानकारी दिए ।
धनगढी प्रिमियर लिग प्रतियोगिता विजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।


from ARENA http://ift.tt/2kMv88E
via IFTTT

0 comments:

Post a Comment

add

 
Top