Photo of Milford Sound in New Zealand

फागुन ४ । युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणका खेल सुरु भएका छन् ।

राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराती भएको पहिलो लेगको खेलमा बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ ।
फ्रान्समा भएको खेलमा बार्सालाई घरेलु टोली पेरिस सेन्ट जर्मेन पि.एस.जी.ले ४-० ले हराएको हो ।
खेलमा पि.एस.जी.लाई विजयी गराउन एन्जल डि मारीयाले दुई गोल गरे भने जुलियन ड्राक्सलर र एडिन्सन काभानीले एक–एक गोल गरे ।
यो हारसँगै वार्सिलोनाको क्वाटरफाईनल पुग्ने सम्भावना निकै कमजोर भएको छ ।
युएफा च्याम्पियन्स लिगअन्तर्गत राउण्ड अफ सिक्सटिन पहिलो लेगकै अर्को खेलमा पोर्चुगलको बेनीफीकाले जर्मनीको बोरुसीया डर्टमण्डलाई १-० ले हरायो ।
बेनिफीकालाई विजयी गराउन कोस्टान्टीनोसले निर्णायक गोल गरे ।
च्यम्पियन्स लिगमा आज राती दुई खेल हुनेछन् । आज जर्मन क्लब बायर्न म्युनिखले इङ्ल्यान्डको आर्सनलसँग खेल्दा स्पेनको रियाल मड्रिड र ईटालीको नापोली भिड्नेछन् ।


from ARENA http://ift.tt/2kItVw1
via IFTTT

0 comments:

Post a Comment

add

 
Top