Photo of Milford Sound in New Zealand

३ भदौ, एजेन्सी । गोजीमा रहेको अवस्थामा स्मार्टफोन पड्किएको विषयलाई लिएर जाओमीले अनुसन्धान गर्ने भएको छ। स्मार्टफोन निर्माण गर्ने चर्चित चिनियाँ कम्पनी जाओमीको रेडमी नोट ४ एक प्रयोग कर्ताले बोकिरहेका बेला गोजीमै पड्किएको थियो।

भारतका एक प्रयोगकर्ताले गोजीमा रेडमी नोट ४ बोकेर मोटरसाइकल चलाइरहेका थिए। मोटरसाइलकमा चलाइरहेकै बेला गोजीमा सो फोन पड्किएको थियो। विष्फोटपछि फोन त ध्वस्त भएको छ नै उनलाई समेत चोट लाग्यो।

उनले यो विषयलाई लिएर अदालत जाने र क्षतिपुर्ती माग्ने तयारी गरि रहेका बेला फोन निर्माता कम्पनी जाओमीले यस विषयलाई गम्भिर रुपमा लिएको जनाएको छ । यसै गरि जाओमीले स्मार्टफोन पड्किएर घाइते भएका व्यक्तिलाई सम्पर्कको प्रयास भएको समेत जनाएको छ।

गएको ६ महिनामामात्र जाओमीले भारतमा मात्र रेडमी नोट ४ स्मार्टफोन ५० लाख वटा बेचिसकेको छ।

The post मोटरसाइलक चलाइरहेकै बेला गोजीमै पड्कियो स्मार्टफोन…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xd5HQ9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top