Photo of Milford Sound in New Zealand

काठमाडौं, १९ साउन । शिक्षण संस्थाहरु विद्याको मन्दिर मानिन्छ । अभिभावकले सबै कुराबाट सुरक्षित मानेर विद्या आर्जन गराउन आफ्ना सन्तानलाई शिक्षण संस्थानमा पठाउने गर्छन् । तर, कहिले काँही त्यही विद्याको मन्दिर अपवित्र हुने गरेको खबरले अभिभाव चिन्तित र पीडित हुने गरेका छन् ।

विद्यालयमा मात्रै होइन विश्वविद्यालयमा समेत विद्यार्थी असुरक्षित रहेको तथ्य बाहिर आउन थालेको छ । छात्रालाई यौन हिंसा गरेको आरोपमा काठमाडौंको प्रदर्शनी मार्गमा रहेको आरआर क्याम्पसका प्रध्यापक विष्णु आचार्य पक्राउ परेका छन् ।

क्याम्पस अगाडिबाट पक्राउ परेका आचार्यमाथि आरआर क्यामपसमा अध्यनरत एक छात्रालाई यौन हिंसा गरेको आरोप लागेको छ । पक्राउ परेका आचार्यमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको महानगरीय पहरी परिसर काठमाडौंले जनाएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u6EbCO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top